images

२०८३ आश्विन १८ गते

images
images
images
भन्सार विभागको तथ्याङ्क

साउनमा ८७ हजार किलो अलैंची निर्यात, नेपाल भित्रियो १६ करोड १२ लाख रुपैयाँ

साउनमा ८७ हजार किलो अलैंची निर्यात, नेपाल भित्रियो १६ करोड १२ लाख रुपैयाँ

images
images
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नेपालबाट १६ करोड रुपैयाँ भन्दा धेरै रकमको अलैंची निर्यात भएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको २०८१/८२ को वैदेशिक व्यापारको तथ्याङ्क अनुसार पहिलो महिना अर्थात साउनमा १६ करोड १२ लाख ५२ हजार रुपैयाँ बराबर रकमको अलैंची निर्यात भएको हो ।

    एक महिनाको अवधिमा नेपालबाट ८७ हजार ९ सय किलो अप्रशोधित अलैंची निर्यात भएको तथ्याङ्कमा जनाइएको छ । १६ करोड रुपैयाँ बराबरको अलैंची सबै नै भारत निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

    images
    images

    गत आर्थिक वर्षमा नेपालबाट ७ अर्ब ९३ करोड ८१ लाख ८३ हजार रुपैयाँ बराबर रकममा ५० लाख १७ हजार ३३० किलो अलैंची निर्यात भएको थियो । 

    सो अवधिमा नेपालबाट अष्ट्रेलिया, फ्रान्स, पाकिस्तान, यूएई, जापान र भारतमा अलैंची निर्यात भएको थियो । तर, गत आर्थिक वर्षमा पनि ७ अर्ब ९३ करोड ६६ लाख २० हजार रुपैयाँ बराबर रकमको अलैंची भारतमा मात्रै निर्यात भएको तथ्यांकमा जनाइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend