images

२०८३ आश्विन १७ गते

images
images
images
  • कृषि
  • जुम्लाबाट ७० करोड रूपैयाँ बराबरकाे कृषि...

जुम्लाबाट ७० करोड रूपैयाँ बराबरकाे कृषि वस्तु निर्यात

जुम्लाबाट ७० करोड रूपैयाँ बराबरकाे कृषि वस्तु निर्यात

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • जुम्लामा उत्पादन गरिएको कृषि वस्तु बिक्री गरी गएको वर्ष झण्डै ७० करोडको कृषि वस्तु निर्यात भएको छ।जुम्लाका किसानले उत्पादन गरेको कृषि वस्तु निर्यात भएको हो। कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार गत वर्ष जुम्लाले ७० करोड रुपैयाँ मूल्य बराबरको कृषि वस्तु जिल्ला बाहिर निर्यात गरेको छ। २३ हजार टन कृषि उपज बाहिर जिल्ला पठाएको कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए। निर्यात भएका कृषि वस्तुमा सबैभन्दा बढी स्याउ छ।गत वर्ष मात्रै ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ जिल्ला बाहिर पठाइएको थियो।त्यस्तै मार्सीचामल, कोदो, ओखर, चिनोको चामल, सिमी, फापर, जौं तथा गहुँ समेत किसानले जिल्ला बाहिर लैजाने गरेका छन्।

    images
    images

    कृषि वस्तु बेच्न खलंगामै दर्जन बढी कोशेली घर खोलिएका छन्। कर्णाली घुमफिरमा निस्कने आन्तरिक तथा बाहृय पर्यटकले यहींबाट बोकेर लैजान्छन्। प्रमुख अधिकारीले भने, “बजारको सहज पहुँच, सञ्चार सुविधा र सडक सञ्जालको विस्तारसँगै कृषि उपजको माग र मूल्य दुवै बढिरहेको छ तर भण्डारण सुविधा, प्रशोधन केन्द्र र मूल्य स्थायित्वको चुनौती भने कायमै छ।”गत वर्ष स्याउको उत्पादन २१ हजार टन थियो। ९ हजार ३ सय ३१ टन स्याउ जिल्ला बाहिर निर्यात भयो। कृषि कार्यालयको तथ्यांक अनुसार जुम्ली किसानले दुई हजार ५ सय ९० किलो ओखर, ५५ हजार ८ सय ९ किलो सिमी, दुई हजार ९ सय १३ किलो भटमास, ९० हजार ६ सय ६० किलो आलु जिल्ला बाहिर पठाएका थिए।

    ११ हजार ५ सय ५५ किलो मार्सी चामल, ९ सय ५० किलो चिनो चामल, ७ सय ९० किलो कागुनो चामल, ६ हजार १ सय ५० किलो फापरको पिठो, १६ हजार चार सय किलो कोदोको पिठो र १० हजार ४ सय ५० किलो जौं को पिठो समेत निर्यात भएको कृषि कार्यालयले तथ्यांकले देखाएको छ।अविरल वर्षा, असिनापानी, बाढीपहिरो र सुक्खा खडेरीका कारण बर्सेनि कृषि उपज उत्पादनको क्षेत्र घट्दै गइरहेको छ। आर्थिक वर्ष २०७९/०८० मा ३० हजार ८ सय २८ टन खाद्यान्न बाली उत्पादन भएको थियो। २०८०/८१ मा ३२ हजार ८ सय ४५ टन र २०८१/८२ मा २४ हजार २ सय ३१ टन खाद्यान्न उत्पादन भएको हो। स्याउको भने हरेक वर्ष उत्पादन बढिरहेको छ।

    images
    images

    आर्थिक बर्ष २०७८/७९ मा १६ हजार टन स्याउ भएकोमा २०७९/०८० मा १८ हजार टन, २०८०/८१ मा १९ हजार ८ सय ४० टन उत्पादन भएको थियो। चार वर्षयताकै सबैभन्दा बढी उत्पादन २०८१/८२ मा २१ हजार २ सय ७० टन स्याउ फलेको थियो। यता स्याउ किसान रामचन्द्र राेकाया ढुवानी गर्ने सडक कच्ची हुँदा लाखौंको कृषि उत्पादन बाटामै कुहिले र खेर जाने गरेको बताउने गर्छन्।उनले भने, “किसानको उत्पादन हरेक वर्ष बढ्दै गइरहेको छ। उचित बजार, मूल्य र ढुवानी गर्ने सडक कमजोर हुँदा निकै ठुलो समस्या बेहोर्नुपरिरहेको छ।” 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend