images

२०८३ आश्विन १७ गते

images
images
images

इजी रेमिट र नियो मनी ट्रान्सफरबिच सहकार्य

इजी रेमिट र नियो मनी ट्रान्सफरबिच सहकार्य

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौँ । इजी रेमिट र नियो मनी ट्रान्सफरबिच छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा प्रदान गर्न भुक्तानी सम्झौता भएको छ । यससँगै अब इजी रेमिटको माध्यमबाट नियो मनि ट्रान्सफर मार्फत नेपालका कुनैपनि बैङ्क खाता वा भुक्तानी सेवा प्रदायकका वालेटमा रेमिट्यान्स् पठाउन सकिनेछ ।यसका साथै नियो मनि ट्रान्सफरका स्थानीय एजेन्टहरूबाट समेत रकम प्राप्त गर्न सकिनेछ । यो नयाँ साझेदारीले पैसा पठाउनको लाग एक भरपर्दो र आधिकारिक माध्यम प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    images
    images

    जसले अनौपचारिक कारोबारको सट्टा सुरक्षित विकल्पलाई प्रोत्साहन गर्ने बताइएको छ । यस साझेदारीले इजी रेमिटको ठुलो विश्वव्यापी सञ्जाल र नियो मनी ट्रान्सफरको नेपालभर फैलिएको बलियो सञ्जालले रेमिट्यान्सको भुक्तानीलाई अझ सहज र सरल बनाउने अपेक्षा गरिएको छ ।

    “इजी रेमिटसँग मिलेर अझ राम्रो रेमिट्यान्स सेवा दिन पाउनु हाम्रो लागि सम्मानको कुरा हो," नियो मनी ट्रान्सफरका सीईओ सागर खनालले भने, “हाम्रो संयुक्त प्रयासले पैसाको लेनदेनलाई छिटो र भरपर्दो बनाउनेछ र यसरी औपचारिक माध्यमको प्रयोगलाई बढावा दिएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउन मद्दत गर्नेछ भन्ने विश्वास छ ।” 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend