images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • डिशहोमका ग्राहकलाई पोखराको लेकसाइड रिट्रिटमा १५...

डिशहोमका ग्राहकलाई पोखराको लेकसाइड रिट्रिटमा १५ प्रतिशत छुट

डिशहोमका ग्राहकलाई पोखराको लेकसाइड रिट्रिटमा १५ प्रतिशत छुट

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौँ । डिशहोमले आफ्ना ग्राहकका लागि पोखराको द लेकसाइड रिट्रिटमा आवास तथा खानामा विशेष छुट उपलब्ध गराउने भएको छ । आइएमई हस्पिटालिटीले व्यवस्थापन गर्ने उक्त रिट्रिटसँग हालै डिशहोमले यसबारे साझेदारी गरेको हो ।यस अनुसार डिशहोमका सक्रिय ग्राहकले आवास तथा खाना र पेय पदार्थमा १५ प्रतिशत छुट पाउनेछन् । यो छुट सुविधा लिन ग्राहकले आफ्नो मोबाइलमा रहेको ‘माइ डिशहोम एप’ मार्फत भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्ने छ । 

    images
    images

    पोखराको लेकसाइडमा अवस्थित रिट्रिटमा कार्ड प्रस्तुत गरेपछि उक्त छुट तत्काल लागु हुनेछ ।यो साझेदारी आफ्ना ग्राहकलाई इन्टरनेट र टेलिभिजन सेवामा मात्र सीमित नराखी जीवनशैलीका अन्य फाइदा र विशेष अनुभव प्रदान गर्ने प्रतिबद्धताको हिस्सा भएको डिशहोमको विज्ञप्तिमा उल्लेख छ ।

    कम्पनीका अनुसार ग्राहकले गुगल प्ले स्टोर वा एप्पलको एप स्टोरबाट ‘माई डिशहोम एप’ डाउनलोड गरी आफ्नो ग्राहक आईडी वा दर्ता गरिएको मोबाइल नम्बरबाट लगइन गरेपछि प्रिभिलेज कार्ड प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend