images

२०८३ आश्विन १७ गते

images
images
images

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणका लागि सम्झौता

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणका लागि सम्झौता

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौँ । कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ ।बोलपत्र प्रक्रियामा रहेको उल्झन तथा अनेकन विवादका कारण तोकिएको भन्दा ठीक एक बर्ष ढिला गरेर आयोजनाको प्रवद्र्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

    images
    images

    कूल १०६ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भए लगत्तै मार्ग प्रशस्त भएको प्रवद्र्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए । उनले जगदुल्ला हाइड्रोपावर र जेसीई÷एएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको जानकारी दिए ।

    प्रवद्र्धक कम्पनी र जेसीई- एएनके जेभीबीच रु १२ अर्ब १८ करोड बराबरको निर्माण सम्झौता भएको उनले उल्लेख गरे । प्रवद्र्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका बोलपत्रको सूचना प्रकाशित गरेको थियो । सो सूचनामा विभिन्न सात कम्पनीले प्रारम्भिक प्रस्ताव दर्ता गरेको भएपनि कुनै कम्पनी छनोट हुन सकेको थिएन ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend