images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्यमाः...

निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्यमाः शिक्षा मन्त्री

निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्यमाः शिक्षा मन्त्री

images
images
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • कावासोती—९ भाद्र — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताएकी छन् ।

    images
    images


    नवलपुरको देवचुलीमा आइतबार आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले बालअधिकार स्थापित गर्न र बालबालिकाको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताइन ।


    मन्त्री भट्टराईले बालबालिकाहरूको बाल अधिकार संरक्षणमा समेत प्रतिवद्ध भएको बताएकी हुन् । त्यसैगरी प्याड अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुनबाट रोक्न सरकारले काम गर्ने उनको भनाई थियो ।

    images
    images


    “विद्यालयमा खुवाउने गरेको दिवा खाजाको गुणस्तरीयता र पोषणका लागि स्थानीय सरकार, विद्यालय र समुदायसँग मिलेर काम गरिने छ”, उनले भनिन्, “परम्परागत र स्थानीय खाद्य सामग्रीको प्रयोग हुनेगरी दिवाखाजालाई व्यवस्थित, गुणस्तरीय बनाउनुका साथै स्थानीयस्तरको समग्र कृषि प्रणालीलाई सहयोग पुग्नेछ ।”


    अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी स्थानीय तहका महिला जनप्रतिनिधि, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य एवं अन्य सरोकारवालाको उपस्थिति थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend