images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • डिशहोम र लेक साइड रिट्रिटबीच विशेष...

डिशहोम र लेक साइड रिट्रिटबीच विशेष छुटका लागि साझेदारी

डिशहोम र लेक साइड रिट्रिटबीच विशेष छुटका लागि साझेदारी

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा सञ्चालित) सँग नयाँ साझेदारी गरेको छ। यस अन्तर्गत डिशहोमका सक्रिय ग्राहकले आवास र खाद्यपदार्थमा विशेष छुट पाउनेछन्।साझेदारी अनुसार ग्राहकले आवासमा १५ प्रतिशत र फुड एण्ड बेभरेजमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ। उक्त सुविधा लिनका लागि ‘माइ डिशहोम’ मोबाइल एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिट, पोखरामा देखाउनुपर्नेछ।

    images
    images

    पोखराको लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र आइएमई हस्पिटालिटीको ख्यातिप्राप्त अतिथिसत्कारको अनुभव उपलब्ध गराउँदै आएको छ। अब डिशहोमका ग्राहकले यहाँ भ्रमण गर्दा अतिरिक्त मूल्य र बचतको सुविधा पाउने भएका छन्।भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्नका लागि प्रयोगकर्ताले प्ले स्टोर वा एप स्टोरबाट ‘माइ डिशहोम’ एप डाउनलोड गरी, दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्नेछ। त्यसपछि होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गरेर कार्ड देखाउन सकिनेछ।

    डिशहोमका अनुसार यो साझेदारी केवल इन्टरनेट वा टेलिभिजन सेवा सीमित नभई आफ्ना ग्राहकलाई जीवनशैलीका फाइदा, बचत र विशेष अनुभव उपलब्ध गराउने कम्पनीको प्रतिबद्धताको हिस्सा हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend