images

२०८३ आश्विन १९ गते

images
images
images

धार्मिक स्थल खयरभारानी पर्यटकले भरिभराउ खयरलेक

धार्मिक स्थल खयरभारानी पर्यटकले भरिभराउ खयरलेक

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • अन्नपूर्ण हिमालको फेंदीमा रहेको प्रशिद्ध धार्मिक स्थल खयरभारानी र खयरलेक धार्मिक पर्यटकले भरिभराउ भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, स्थित खोप्रा र खयरलेक क्षेत्र जनै पूर्णिमाका अवसरमा पुगेका धार्मिक पर्यटकका कारण भरिभराउ भएको हो। प्राकृतिक सुन्दरताले भरिपूर्ण खोप्रा ट्रेकका रूपमा खयर क्षेत्र प्रख्यात छ।  समुन्द्री सतहदेखि चार हजार ६ सय ३० मिटरको उचाइमा अवस्थित खयरवराह तालको छेवैमा रहेको खयरभारानीको दर्शन र पूजाआजाका लागि यस वर्ष करिब दुई हजार भन्दा बढी धार्मिक पर्यटक पुगेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संरक्षक राजु पुनले जानकारी दिनुभयो। जनैपूर्णिमाका दिन खयरभारानीको दर्शन, पूजाआजा र भाकल गरे मनोकामना पूरा हुने जनविश्वासका कारण धार्मिक पर्यटक यहाँ पुगेका हुन्।  

    images
    images

    यसपाली खयरभारानीको दर्शन गर्ने भक्तजनको सङ्ख्यामा निकै वृद्धि भएको कोषका संरक्षक पुनले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुनुमा खयरभारानीका बारेमा सकरात्मक तरिकाले प्रचारप्रसार र दर्शन गरेमा मानोकामना पूरा हुने जनविश्वास बढ्नु हो।’’ यसका साथै खोप्रा ट्रेक प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकाले पनि यो सिजनमा धेरै पर्यटक जाने गर्दछन्। मनोमहक प्राकृतिक सौन्दर्य, नजिकबाट हिमश्रृङ्खलाको अवलोकन र हरियाली हिमाली भूगोलले खयरलेक क्षेत्रमा पुगेका पर्यटकलाई आनन्द दिलाउने अन्नपूर्ण गाउँपालिका–५ का स्थानीय युवा सुरेन गुरुङले बताउनुभयो। 

    खयर ताल करिब १० हजार वर्गमिटरमा फैलिएको छ। यो ताल कहिल्यै सुक्दैन। पानीको मुल पनि देखिँदैन। तालको छेवैमा खयरभारानीको थान रहेको छ। २०६९ सालमा थानको पुननिर्माण गरिएको हो। तालमा भेटिएको अनौठो शिलालाई भारानीको प्रतिक मानेर थानभित्र प्रतिस्थापन गरिएको छ। धार्मिक पर्यटकको सङ्ख्या बढेकाले यसपाली खयरलेक क्षेत्रमा करिब ५० लाख रुपियाँ भन्दा बढीको भेडाको साँड र पाठा खरिद बिक्री भएको उहाँले बताउनुभयो। पर्यटकका कारण खोप्रालेक, खयरखोला, पाउद्वार, शिख, अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर लगायतका होटल तथा होमस्टे भरिभराउ भएका छन्। पाउद्धार गाउँबाट सुरु हुने पदमार्गका विभिन्न स्थानमा पर्यटकको सुविधाका लागि स्थानीयहरूले सामुदायिक होटल तथा लजहरू सञ्चालन गरेका छन्। चन्दा सहयोग जुटाएर स्थानीयहरूले पाउद्वार देखि खयरलेक सम्म करिब २७ किलोमिटर पदमार्ग निर्माण गरेका छन्। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend