images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • कमर्शियल सवारी बिक्रीमा सुधार, आइएमई मोटर्सको...

कमर्शियल सवारी बिक्रीमा सुधार, आइएमई मोटर्सको व्यापारमा उल्लेख्य वृद्धि

कमर्शियल सवारी बिक्रीमा सुधार, आइएमई मोटर्सको व्यापारमा उल्लेख्य वृद्धि

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं। आइएमई मोटर्सले सन् २०२५ को पहिलो ९ महिनामा २ अर्ब २१ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीको कमर्शियल सवारी साधन बिक्रीमा सुधार आएपछि व्यापारमा उल्लेखनीय वृद्धि देखिएको हो ।रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार, आइएमई मोटर्सले सन् २०२४ को कुल २ अर्ब ३४ करोड रुपैयाँको व्यापारको तुलनामा यस वर्षको ९ महिनामा लगभग त्यस्तै व्यापार गरेको छ । कम्पनीले आगामी ३ महिनामा अझ बढी व्यापार गर्ने अपेक्षा राखेको छ ।

    images
    images

    कम्पनीले सन् २०२२ मा सर्वाधिक ३ अर्ब १४ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सन् २०२० देखि २०२३ सम्म क्रमशः १ अर्ब ८३ करोडदेखि १ अर्ब ७५ करोड रुपैयाँ व्यापार गरेको तथ्यांक इक्राले प्रस्तुत गरेको छ ।आइएमई मोटर्सले हाल ३ अर्ब २५ करोड रुपैयाँ ऋण लिने तयारी गरिरहेको छ । यसमा २ अर्ब १२ करोड दीर्घकालीन र १ अर्ब १२ करोड अल्पकालीन ऋण समावेश छ । इक्राले दीर्घकालीन ऋणका लागि ‘इक्रा एनपी एलबी माइनस’ र अल्पकालीनका लागि ‘इक्रा एनपी एफोर’ रेटिङ दिएको छ ।

    आइएमई मोटर्स नेपालमा अशोक लेल्यान्डका आधिकारिक बिक्रेता हो र बस, ट्रक, ट्रिपर, लाइट कमर्शियल भेहिकल बिक्री गर्दै आएको छ । कम्पनी सन् २०१० मा एलटी इन्टरप्राइजेज प्रालिको रूपमा स्थापना भई सन् २०१७ मा नाम परिवर्तन गरी आइएमई मोटर्स प्रालि बनेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend