images

२०८३ आश्विन १९ गते

images
images
images

नेपालमा मेडिकल पर्यटन प्रवर्द्धन गर्दै १० हजार विदेशी विद्यार्थी भित्र्याउने लक्ष्य–शान्तराम बतास

नेपालमा मेडिकल पर्यटन प्रवर्द्धन गर्दै १० हजार विदेशी विद्यार्थी भित्र्याउने लक्ष्य–शान्तराम बतास

images
images
शनिवार, श्रावण २४ २०८२
शनिवार, श्रावण २४ २०८२
  • काठमाडौं, साउन २४–निजी मेडिकल तथा डेन्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार विदेशी मेडिकल विद्यार्थी भित्र्याउन सके वार्षिक १ खर्ब रुपैयाँ बराबरको राजस्व (रेभिन्यु) आर्जन गर्न सकिने बताएका छन्।

    images
    images

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बतासले गत वर्ष पर्यटन क्षेत्रबाट जम्मा ७५ अर्ब रुपैयाँ राजस्व आएको उल्लेख गर्दै,५ हजार विदेशी विद्यार्थी ल्याउन सके ५० अर्ब, र १० हजार ल्याउन सके १ खर्ब राजस्व सम्भव छ, भन्ने दाबी गरे।

    उनका अनुसार नेपालको हालको मेडिकल पूर्वाधारले कम्तिमा ५ हजार विदेशी विद्यार्थी धान्न सक्ने अवस्था छ। यदि डबल सेसनमा कक्षा सञ्चालन गरियो भने अझ धेरै विद्यार्थी भित्र्याउन सकिन्छ, उनले बताए।

    images
    images

    कोटा प्रणाली र अनलाइन आवेदनको व्यवस्था आवश्यक बतासले मेडिकल विद्यार्थीका लागि विद्यमान कोटा प्रणाली खोलिनुपर्ने माग गर्दै मेडिकल कलेजहरूमा अनलाइन आवेदन प्रणालीको व्यवस्था हुनुपर्ने बताए। गुणस्तरीय शिक्षा, राम्रो पूर्वाधारका कारण नेपाल मेडिकल शिक्षाको गन्तव्य बन्न सक्छ, उनले बताए।

    सरकारी पूर्वाधार प्रयोग गरी आन्तरिक रूपमा सबल हुने उनले सरकारी अस्पतालहरूमा पनि डबल सेसन सञ्चालन गर्न सकिने सुझाव दिँदै त्यसबाट आन्तरिक रूपमा देशको स्वास्थ्य र आर्थिक प्रणाली सबल हुने बताए। मेडिकल पर्यटनले नेपालको आर्थिक स्तर माथि उठाउन ठूलो मद्दत पुर्‍याउँछ, उनको भनाइ थियो।

    नीति निर्माणको आवश्यकताः प्राडा चोपलाल भुसाल नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसालले पनि देशलाई आवश्यक पर्ने मेडिकल जनशक्तिको अध्ययन गरी त्यसपछि मात्र जनशक्ति विदेश पठाउने वा भित्र्याउने नीति बनाइनु पर्ने धारणा राखे।

    हामी आफैं बंगलादेश, रसिया, फिलिपिन्स पढ्न जान्छौं, तर किन नेपालमै पढ्न नपाउने ? राष्ट्रले स्पष्ट नीति बनाउनुपर्छ, उनले भने।

    सांसद घर्तीको जोडः प्रभावकारी लगानी आवश्यक कार्यक्रममा नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले सरकारले चिकित्सा शिक्षामा गरेको लगानीलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न जरुरी रहेको बताइन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend