images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते...

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने

images
images
शनिवार, श्रावण २४ २०८२
शनिवार, श्रावण २४ २०८२
  • काठमाडौँ, साउन २४–बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनको नेतृत्व गरिरहेका मुख्यमन्त्री बानियाँले संवैधानिक प्रावधान अनुसार सोही मितिमा संसद बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई जानकारी गराएका हुन्।

    images
    images

    बानियाँ साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए। नेपालको संविधानको धारा १६८ को उपधारा (९) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१०) अनुसार मुख्यमन्त्रीले नियुक्ति भएको मितिबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। उनले संविधानको धारा १६८।२० अनुसार गठबन्धनको नेतृत्व गर्दै सरकार गठन गरेका थिए।

    प्रदेशसभा सभामुख भुवनकुमार पाठकका अनुसार संसद बैठकको मिति तोकिएको भए पनि सचिवालयमा औपचारिक पत्र प्राप्त हुने क्रम जारी छ। पत्र प्राप्त भएपछि औपचारिक रूपमा बैठकको समय निर्धारण गरिने जनाइएको छ।

    images
    images

    कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। उनले आफ्नै दलका तत्कालीन नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामा विरुद्ध अविश्वास प्रस्ताव पारित गराउँदै दलको नेता चयन भएका थिए। त्यसपछि लामालाई राजीनामा दिन बाध्य पार्दै बानियाँ साउन २० मा मुख्यमन्त्री बनेका हुन्।

    साउन १२ गते उनले नेपाली कांग्रेसका २ र एमालेका ६ मन्त्रीसहित एक विना विभागीय मन्त्री नियुक्त गरेका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend