images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • सामसङले ल्यायो ग्यालेक्सी 'जेड फोल्ड७ र...

सामसङले ल्यायो ग्यालेक्सी 'जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७' को प्रि–अर्डर अफर

सामसङले ल्यायो ग्यालेक्सी 'जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७' को प्रि–अर्डर अफर

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • सामसङको ग्लोबल इभेन्ट ग्यालेक्सी अन्प्याकड मार्फत सार्वजनिक गरिएका नयाँ फोल्डेबल स्मार्टफोनहरू अब नेपालमा पनि प्रि–अर्डरका लागि उपलब्ध भएका छन्।सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर २०८२ साउन २२ देखि २९ गतेसम्म खुला रहने घोषणा गरेको छ।सामसङको अहिलेसम्मकै सबभन्दा पातलो र हलुका फोल्ड, ग्यालेक्सी जेड फोल्ड७ मा अत्याधुनिक डिजाइन, दमदार क्यामरा र ग्यालेक्सी एआइको स्मार्ट फिचर्स समावेश छन्। 

    images
    images

    ठूलो डिस्प्ले, फ्लेक्स मोड, मल्टिटास्किंग र ब्याट्रीमा सुधारले यो जेड फोल्ड सिरिजलाई अझ उपयोगी बनाएको छ। नयाँ संस्करणमा अझ राम्रो हिन्ज, तेज प्रोसेसर, उज्यालो स्क्रिन र २०० मेगापिक्सेल एआई इन्ह्यान्स्ड क्यामेरा प्रणाली समावेश गरिएको छ।नयाँ फोल्ड र फ्लिप दुवैमा जेमिनी लाइभ फिचर पनि उपलब्ध छ, जसले ठूलो स्क्रिनमा स्क्रीन सेयरिङ र रियल टाइम सपोर्ट सम्भव बनाउँछ।ग्यालेक्सी जेड फ्लिप७ अब झनै पात, टिकाउ र पोर्टेबल बनेको छ। अबको फ्लेक्सविन्डो अझ ठूलो र प्रयोग गर्न सजिलो छ। यसमा प्रिमियम क्यामरा, राम्रो स्ट्याबिलाइजेसन, सटिक रङ र लामो ब्याट्री लाइफ उपलब्ध छन्।

    जेमिनी एआईको मद्दतले यात्रा वा व्यस्त दिनमा लेख्न, अनुवाद गर्न र काम मिलाउन सहज बनाउँछ। साथै, क्रिएटिभ प्रयोगकर्ताहरूका लागि एकदम उपयोगी नयाँ स्केच तु इमेज फिचरको साथ प्रयोगकर्ताले बनाएको स्केचलाई तुरुन्तै आकर्षक भिजुअलमा रूपान्तरण गर्न सकिन्छ।सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भने, 'ग्यालेक्सी जेड सिरिजले प्रविधिमा मात्रै होइन, मानिसहरूले स्मार्टफोन प्रयोग गर्ने तरिकामा पनि नवीनता ल्याएको छ। पावरफुल मल्टिटास्किङ, झनै इमर्सिभ डिस्प्ले र बलियो टिकाउपनका साथ यी फोल्डेबलहरूले प्रयोगकर्तालाई बढी गर्न, आफूलाई व्यक्त गर्न र मोबाइल अनुभवलाई अझ लचिलो बनाउन सहयोग गर्छन्। हामी नेपाली ग्राहकहरूले यसलाई कसरी अपनाउनुहुन्छ भन्ने कुरामा उत्साहित छौँ।'ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को २५६ जिबी भेरियन्टहरू नेपालमा साउन २२ गतेदेखि २९ गतेसम्म प्रि–अर्डरका लागि उपलब्ध हुनेछन्।

    images
    images
    मोडल मूल्य  गिफ्ट गिफ्ट मूल्य कुल मूल्य छुट
    ग्यालेक्सी जेड फोल्ड७ २५६ जिबी २ लाख ४४ हजार ९९९ रूपैयाँ ५१२ जिबी मेमोरी अपग्रेड १५ हजार २ लाख ४९ हजार ९९९ रूपैयाँ १० हजार रूपैयाँ
    रूपैयाँ          
        बड्स३ प्रो ३१ हजार ९९९ रूपैयाँ २ लाख ६१ हजार ९९९ रूपैयाँ १७ हजार रूपैयाँ
    ग्यालेक्सी जेड फ्लिप७ २५६ जीबी १ लाख ५४ हजार ९९९ रूपैयाँ बड्स३ २२ हजार ९९९ रूपैयाँ १ लाख ६७ हजार ९९९ रूपैयाँ १३ हजार रूपैयाँ

    सामसङले ग्राहकलाई १ वर्षको लागि एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत एकपटक स्क्रिन ब्रेकेज इन्स्योरेन्स पनि दिनेछ। साथै, हुलास फिनसर्भ हाईर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्सको माध्यमबाट ग्राहकहरूले शून्य प्रतिशत ब्याजमा सहज किस्ताबन्दी सुविधा पनि पाउनेछन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend