images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयूभी’ नेपालमा सार्वजनिक,...

महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयूभी’ नेपालमा सार्वजनिक, मूल्य कति ?

महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयूभी’ नेपालमा सार्वजनिक, मूल्य कति ?

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौं । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ का अवसर पारेर नेपाली बजारमा आफ्नो अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभीहरू बीई–६’ र ‘एक्सईभी ९ई’ सार्वजनिक गरेको छ ।यी गाडी महिन्द्राको अत्याधुनिक इङ्ग्लो प्ल्याटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर एमएआईए (माया) बाट सञ्चालित छन् । यी अत्याधुनिक ई–एसयूभीहरूको सार्वजनिकीकरणले नेपाली विद्युतीय सवारीको क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ ।

    images
    images

    बीई–६ ‘प्याक वान अबोभ, प्याक टु र प्याक थ्री सेलेक्ट’ गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ । त्यस्तै एक्सईभी ९ई पनि ‘प्याक टु, प्याक थ्री सेलेक्ट, र प्याक थ्री’ मा उपलब्ध हुनेछ । महिन्द्राले यी सबै भेरिएन्टको बुकिङ खुला गरिसकेको छ ।नेपालमा बीई–६ र एक्सईभी ९ई को बिक्री तथा वितरण नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपमार्फत हुनेछ ।महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडका अटोमोटिभ डिभिजन अन्तर्गत इन्टरनेसनल अपरेसन्स प्रमुख सचिन अरोलकरले भने, ‘नेपाली बजारमा बीई–६ र एक्सईभी ९ई सार्वजनिक गर्दै हामी विद्युतीय मोबिलिटीको एक नयाँ अनुभव उपलब्ध गराउँदै छौं । नेपाली बजार यस्तो बजार हो जुन निरन्तर परिवर्तन हुँदैछ र स्वच्छ ऊर्जा (क्लिन इनर्जी) का प्रविधि अपनाउँदै छ । यी एसयूभीले नेपाली ग्राहकका लागि उत्कृष्ट पर्फर्मेन्स, इन्टेलिजेन्स र डिजाइनलाई समायोजन गर्दै अत्याधुनिक इनोभेसनको प्रतिनिधित्व गर्दछ ।’

    अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले भने, ‘हामी महिन्द्राका इलेक्ट्रिक ओरिजिन एसयूभीहरू नेपालमा प्रस्तुत गर्न पाउँदा गौरवान्वित छौं । बीई–६ र एक्सईभी ९ई ‘फ्युचर–रेडी प्रडक्टहरू हुन् जसले उदाउँदो नेपालको आधुनिक ग्राहकको परिस्कृत आकांक्षालाई प्रतिविम्बित गर्दछ । यी गाडीहरूको कमान्डिङ प्रिजेन्स, इन्टेलिजेन्ट विशेषता र हार्टकोर डिजाइन फिलोसोफिले गर्दा यसले नेपाली ईभी बजारमा नयाँ मापदण्ड तय गर्नेमा हामी विश्वस्त छौं ।’कम्पनीले यी गाडीको सुरुवाती मूल्य ५७ लाख रुपैयाँ तोकेको छ ।

    images
    images

    बीई–६ र एक्सईभी ९ई दुवैले महिन्द्राको हार्टकोर डिजाइन दर्शन झल्काउँछ जसले बोल्ड इनोभेसनलाई भावनात्मक सौन्दर्यसँग संयोजन गर्दछ । बीई–६ मा एडभेन्चर र पर्फमेन्सबाट प्रेरित एथलेटिक सिलुएट (बनोट) छ भने एक्सईभी ९ईमा परिस्कृत र लक्जरी एसयूभी कुप डिजाइन छ । दुवै एसयूभीको डिजाइन सम्बन्धित चालकसँग गहिरो भावनात्मक सम्बन्ध बनाउने मूल उद्देश्यबाट प्रेरित छन् ।यी दुवै एसयूभीले दमदार पर्फर्मेन्स प्रदान गर्दछ ।अधिकांश भेरिएन्टले ९९ किलोवाटको पावर दिन्छ जसले दैनिक छोटोदेखि लामो दुरीका यात्रामा सहज र रेस्पोन्सिभ ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ । एक्सईभी ९ईको प्याक थ्री भेरिएन्टमा १९९ किलोवाटको पावर छ जसले अझ थ्रिलिङ र उत्साहजनक ड्राइभिङ अनुभव प्रदान गर्दछ र इलेक्ट्रिक एसयूभी क्याटागोरीमा पर्फर्मेन्सको अपेक्षा तथा मापदण्ड उच्च बनाउँछ ।

    एसयूभीको इन्टेरियर पनि विभिन्न आकर्षक सुविधाले भरिपूर्ण छ जसले छुट्टै ‘इन–क्याबिन’ अनुभव प्रदान गर्दछ । एक्सईभी ९ईमा ट्रिपल स्क्रिन सिनेम्याटिक डिस्प्ले छ जुन ड्यासबोर्डको दायाँदेखि बायाँ कुनासम्म फैलिएको छ । बीई–६ मा ‘रेस–रेडी डिजिटल ककपिट’ छ जसले चालकलाई हाइ–पर्फर्मेन्स गाडीको अनुभव दिन्छ ।यी दुवै ई–एसयूभी स्मार्ट प्रविधि र विशेषताले भरिएको छ जसले अत्याधुनिक ‘इन–क्याबिन अकोस्टिक एक्सपेरियन्स’ प्रदान गर्दछ । जसअन्तर्गत ‘एआर–बेस्ड भिजन एक्स’ हेड्स–अप डिस्प्ले, ‘हार्मन कार्डनको सोनिक स्टुडियो’ र विभिन्न ‘प्रिसेट थिम’ सहित ‘लिभ–योर–मुड’ नामक सुविधा रहेका छन् ।यी ई–एसयूभीमा सुरक्षा र इन्टेलिजेन्स दुवैलाई उच्च प्राथमिकता दिइएको छ । जसअन्तर्गत एक्स्ईभी ९ई मा एडास लेभल २ प्लस, र बीई–६ मा एडास लेभल २ सुविधा, सर्भिलेन्स क्यामेरा, ‘आई–डेन्टिटी’ ड्राइभर मनिटरिङ सिस्टम आदि छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend