images

२०८३ आश्विन १८ गते

images
images
images

समता घरेलु लघुवित्तको नाफामा वृद्धि

समता घरेलु लघुवित्तको नाफामा वृद्धि

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौं। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा २४०.९१ प्रतिशत बढी खुद नाफा गरेको छ।लघुवित्तले अघिल्लो आवको अन्त्यसम्म २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

    images
    images

    लघुवित्तले अघिल्लो वर्ष १९ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष ७३.७५ प्रतिशतले बढेर ३३ करोड ७७ लाख रुपैयाँ नाघेको छ। यता कुल सञ्चालन आम्दानी पनि २२ करोड ३२ लाख रुपैयाँबाट बढेर ३८ करोड ९८ लाख रुपैयाँ पुगेको छ।समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा अघिल्लो वर्ष ४ करोड ३९ लाख रुपैयाँ मात्रै रहेकोमा गत वर्ष २३७.९४ प्रतिशतले बढेर १४ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

    लघुवित्तको लाभांश क्षमता (वितरणयोग्य नाफा) अघिल्लो वर्ष ३ करोड ५४ लाख रुपैयाँ मात्रै रहेकोमा गत वर्ष बढेर ६ करोड ८६ लाख रुपैयाँ पुगको छ। प्रतिशेयर आम्दानी पनि ४.४२ रुपैयाँबाट बढेर १३.५१ रुपैयाँ कायम भएको छ।चुक्ता पूँजी ६२ करोड रुपैयाँ रहेको लघुवित्तले ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेर ४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३५.३७ रुपैयाँ छ भने खराब कर्जा १०.४८ प्रतिशतबाट घटेर ६.८७ प्रतिशतमा झरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend