images

२०८३ आश्विन १७ गते

images
images
images

नाइमा नेपाल मोबिलिटी एक्स्पो काठमाडौँमा सुरु

नाइमा नेपाल मोबिलिटी एक्स्पो काठमाडौँमा सुरु

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • काठमाडौँ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ सुरु भएको छ।  काठमाडौँको भृकुटीमण्डपमा उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उद्घाटन गरेसँगै प्रदर्शन सुरु भएको हो। आगामी आइतबारसम्म सञ्चालन हुने ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ वटा नयाँ सवारी साधनहरू लन्च हुने भएका छन् । कार्यक्रम बोल्दै नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले मोबिलिटी क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्त्वपूर्ण इन्जिन भएको बताइन् ।

    images
    images

    अध्यक्ष वैद्यले यो क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढीलाई रोजगारी दिएको र कुल गार्हस्थ्य उत्पादनमा ७.१३ प्रतिशत योगदान पुर्‍याएको जानकारी दिइन्। उनले ५५ लाखभन्दा बढी सवारी दर्ता भएको यो क्षेत्रले बिक्री, मर्मत, लजिस्टिक र पूर्वाधारलगायतका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको बताइन् ।  मोबिलिटीले शिक्षा, स्वास्थ्य, पर्यटन र वित्तीय सेवामा पहुँच बढाएर हजारौँलाई अप्रत्यक्ष रूपमा सहयोग गरिरहेको पनि उनको भनाइ थियो । 

    अध्यक्ष वैद्यले अटोमोबाइल उद्योगले मात्रै सर्वेक्षण गरिएका उद्योगहरूमध्ये करिब ४.७ प्रतिशत रोजगारी सिर्जना गरेको तथ्याङ्क प्रस्तुत गरिन् । नेपाल न्यून उत्सर्जन सवारीतर्फ उन्मुख हुँदै गर्दा टेक्निसियन र चार्जिङ पूर्वाधारजस्ता नयाँ करिअरका अवसरहरू सिर्जना भइरहेको उनले बताइन्।नाइमाले सीटीईभीटीसँगको सहकार्यमा दक्ष जनशक्ति विकासमा लगानी गरिरहेको जानकारी दिँदै उनले यसले नेपाली युवाका लागि समावेशी र भविष्य उन्मुख रोजगारी सुनिश्चित गर्ने विश्वास व्यक्त गरिन्।

    images
    images

    अध्यक्ष वैद्यका अनुसार, नाइमाको स्थापना राष्ट्रको मोबिलिटीलाई चलायमान बनाउने सवारी आयातकर्ता र निर्माताहरूको सामूहिक आवाज बन्नका लागि भएको हो । उनले भनिन, 'हामी सँगै सवारीसाधन ल्याउँछौँ, उत्पादन गर्छौँ, वर्कशपमा लगानी गर्छौँ, सर्भिस नेटवर्क बनाउँछौँ, जनशक्तिलाई दक्ष बनाउँछौँ ।'

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend