काठमाडौं। नेपालमा विद्युतीय सवारी साधनप्रतिको चासो निरन्तर बढ्दै गएको छ। यहीपृष्ठभूमिमा आइहबप्रा.लि., सेग्वे–नाइनबोटको नेपालकाअधिकृत वितरकले आगामी ‘नाइमानेपालमोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँमोडेल सार्वजनिकगर्दैप्रदर्शनमा राख्ने तयारी गरेको छ।
राजधानी काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजनाहुने यो पाँचदिने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ, जसमा सेग्वेका नयाँमोडेल प्रमुखआकर्षण हुने अपेक्षा गरिएको छ।
कम्पनीकाअनुसार, यस पटक नेपालीबजारका लागिल्याउनलागिएकामोडेलहरूमादुई ई–स्कूटर (‘ई१५० एमके२’ र ‘ई१२५ एमके२’), एक ई–बाइक (‘जाइबर’) र एक ई–साइकल (‘जाफारी’)) समावेश छन्।
यीमोडेलहरू शहरी दैनिकप्रयोगदेखि जीवनशैली र वातावरणमैत्रीयात्रासम्मकाविभिन्नआवश्यकतामाउपयुक्तहुने गरी डिजाइन गरिएको छ।‘सेग्वे ई१५० एमके२’ मा७५०० वाट मोटर र दुईवटा १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ९० कि.मी.÷घण्टा गति लिन सक्छ र ७५ देखि १२० कि.मी. सम्मयात्रागर्न सक्छ। ‘सेग्वे ई१२५ एमके२’ मा ३६०० वाट मोटर र १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले ७० कि.मी.÷घण्टा सम्मको गति लिन सक्छ र ६० देखि १०० कि.मी. सम्मको दायरा दिनेछ।
‘सेग्वे जाइबर ई–बाइक’मा ३००० वाट हब मोटर र १४४० वाट–घण्टा लिथियम ब्याट्री रहेको छ। यसले अधिकतम ३२ कि.मी.÷घण्टा गति लिन सक्छ र ७७ कि.मी. सम्मचल्न सक्छ।
यो मोडेलदैनिकी र हल्का साहसिकयात्रु दुवैकालागिउपयुक्त मानिन्छ। ‘सेग्वे जाफारी ई–साइकल’मा७५० वाट मोटर, ९३६ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ३२ कि.मी.÷घण्टा गति लिन सक्छ र ५८ कि.मी. सम्मचल्न सक्छ। साथै, यसमा रहेको २५ केजी रियर क्यारियर क्षमतादैनिकप्रयोगकर्ताका लागिउपयोगीहुने अपेक्षा गरिएको छ।यी चार मोडेलको लन्चसँगै नेपालमासेग्वेको विद्युतीय सवारी साधनको उपस्थिति अझ मजबुतहुने अपेक्षा गरिएको छ। यसले प्रदर्शन, सहजता र दिगोपनलाई एकसाथ प्रस्तुतगर्नेछ, जसले नेपालीयात्रुहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्रीविकल्पउपलब्ध गराउनेछ।
नाइमानेपालमोबिलिटी एक्स्पो २०२५ भोलिदेखि (अगस्ट ६) सुरु हुँदैछ, र यस वर्षको प्रमुखआकर्षणमध्ये सेग्वेका यीनयाँमोडेल रहने निश्चितभएको छ। मूल्य र उपलब्धताको जानकारी भने एक्स्पोको क्रममाआधिकारिक रूपमा सार्वजनिक गरिनेछ।
सेग्वेको बारेमासेग्वे व्यक्तिगतयातायात साधनप्रदानगर्नेविश्वस्तरको कम्पनीहो। करिब दुई दशकभन्दा अनुभवसहितसेग्वेले हाल ८० भन्दा बढी मुलुकहरूमाआफ्नाउत्पादनउपलब्ध गराउँदै आएको छ। यसको सहायककम्पनीहरू बीजिङ, सियाटल, लस एन्जलस, आम्स्टरड्याम, सिओल, सिंगापुरलगायतप्रमुखशहरहरूमा रहेका छन्। सेग्वे–नाइनबोटले प्रयोगकर्तालाई प्रविधिमैत्री र भविष्यमुखी सवारी साधनउपलब्ध गराउने उद्देश्यसहित निरन्तर नयाँउत्पादनविकास गरिरहेको छ।




.gif)





