images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न...

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोगको सम्झौता

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोगको सम्झौता

images
images
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने उद्देश्यले एक महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ।बैंकले आगामी एक वर्षका लागि न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारमा खर्च गर्न पाटन अस्पताललाई आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यो सहयोग कार्यक्रम सानिमा बैंकले २०७४ सालदेखि सञ्चालन गर्दै आएको हो, जसअन्तर्गत देशका विभिन्न अस्पतालमार्फत आर्थिक रूपमा कमजोर महिलाहरूलाई उपचार सहयोग प्रदान गरिँदै आएको छ।

    images
    images

    बैंकको “नारी बचत खाता” कार्यक्रमअन्तर्गत प्रत्येक खाताखोलिएपछि मासिक रुपमा एक रुपैयाँ नारी राहत कोषमा जम्मा हुँदै आएको छ। यही कोषमा संचित रकमबाट उपचार सहयोग प्रदान गरिन्छ।सम्झौतासम्बन्धी कार्यक्रम पाटन अस्पताल परिसरमा सम्पन्न भएको थियो। कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृतहेमराज संज्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे।सानिमा बैंकले हाल सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend