images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नेपाली बजारमा सार्वजनिक भयो दिपल एस०७...

नेपाली बजारमा सार्वजनिक भयो दिपल एस०७ को नयाँ भेरियन्ट 'आईसीए'

नेपाली बजारमा सार्वजनिक भयो दिपल एस०७ को नयाँ भेरियन्ट 'आईसीए'

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • नेपालको इलेक्ट्रिक भेहिकल (ईभी) बजारमा लोकप्रिय दिपल ब्रान्डले आफ्नो चर्चित इलेक्ट्रिक एसयूभी ‘एस०७’ को नयाँ भेरियन्ट ‘आईसीए’ नेपाली बजारमा ल्याएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि दिपल ईभीका आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले एस०७ आईसीए सार्वजनिक गरेको हो।

    images
    images

    कार्यक्रममा एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया र क्यानका महासचिव पारस खड्काले संयुक्त रूपमा नयाँ भेरियन्टको अनावरण गरे। कम्पनीले नयाँ एसयूभीको सुरुवाती मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ।कम्पनीका अनुसार, एस०७ आईसीए मा १० भन्दा बढी इन्डस्ट्री फर्स्ट फिचरहरू समावेश छन्, जसले यसलाई आफ्नो सेग्मेन्टमा अग्रणी बनाएको छ। भविष्यमुखी कनेक्टिभिटी, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिहरूको संयोजनले नयाँ भेरियन्टले प्रयोगकर्तालाई बुद्धिमानी र सहज ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

    चिनियाँ अटोमोबाइल उद्योगको दोस्रो ठूलो समूहले उत्पादन गरेको दिपल एस०७ आईसीएमा एलएफपी ब्याट्री केमेस्ट्री प्रयोग गरिएको छ, जसले नेपाली ग्राहकहरूको अपेक्षालाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको विश्वास छ।यो गाडीमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, हेडरेस्टमा स्पिकर, आउटडोर स्पिकर, २० इन्चको टायर र १२५ लिटरको फ्रंक जस्ता सुविधाहरू रहेका छन्। कम्पनीका अनुसार, एस०७ मोडल सार्वजनिक भएको १८ महिनाभित्र नेपालमा ९ सयभन्दा बढी बिक्री भइसकेको छ।दिपलले छोटो समयमै आफूलाई नेपालकै सबैभन्दा रुचाइएको लक्जरी ईभी ब्रान्डको रूपमा स्थापित गरेको दाबी गर्दै नयाँ एस०७ आईसीएले यस अग्रस्थानलाई अझ बलियो बनाउने अपेक्षा गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend