images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • आशा लघुवित्त वित्तीय विवरण - EPS...

आशा लघुवित्त वित्तीय विवरण - EPS र नाफामा व्यापक सुधार

आशा लघुवित्त वित्तीय विवरण - EPS र नाफामा व्यापक सुधार

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • आशा लघुवित्तले गत आवको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार लघुवित्तले यो अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको छ। नाफा, सञ्चालन क्षमता र विश्वसनीयतामा सुधार गर्दै कम्पनीले आफ्नो उपस्थिति बलियो  बनाएको छ।

    images
    images

    खुद नाफा

    लघुवित्तले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आर्थिक वर्षमा २४८.२८ प्रतिशत खुद नाफा कमाएको छ। अघिल्लो आवको असार मसान्तसम्म ६ करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म बढेर २० करोड ९२ लाख रुपैयाँ पुगेको छ।

    images
    images

    ब्याज आम्दानी/ सञ्चालन आम्दानी/सञ्चालन नाफा

    गत वर्ष कम्पनीको ब्याज आम्दानी, सञ्चालन आम्दानी र सञ्चालन नाफा सबैमा वृद्धि भएकाले खुद नाफामा उल्लेखनीय उछाल आएको हो। अघिल्लो वर्ष ४४ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको गत वर्ष ६७.४७ प्रतिशतले वृद्धि भएर ७३ करोड ८८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी कम्पनीको खुद सञ्चालन आम्दानी ५४ करोड १३ लाख रुपैयाँबाट बढेर ७९ करोड १७ लाख रुपैयाँ र सञ्चालन नाफा ८ करोड ४८ लाख रुपैयाँबाट ह्वात्तै बढेर ३० करोड १६ लाख रुपैयाँ पुगेको छ।

    प्रतिसेयर आम्दानी/ खराब कर्जा

    योसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ९.३७ रुपैयाँबाट बढेर २८.५५ रुपैयाँ पुगेको छ। गत वर्ष कम्पनीको खराब कर्जा (एलपीएल) ४.८१ प्रतिशतबाट घटेर ४.४८ प्रतिशतमा झार्न सफल भएको छ।

    चुक्ता पूँजी/लाभांश क्षमता

    यो अवधिमा चुक्ता पूँजी ७३ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा रिजर्भमा ३७ करोड ७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष १४ करोड ५१ लाख रुपैयाँ रहेको लाभांश क्षमता (वितरणयोग्य नाफ) गत वर्ष १२.७५ प्रतिशतले बढेर १६ करोड ३६ लाख रुपैयाँ पुगेको छ।

    सापटी/कर्जा लगानी/ निक्षेप संकलन

    गत असार मसान्तसम्म कम्पनीले ६ अर्ब ४५ करोड रुपैयाँ सापटी लिएर १० अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरी ३ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

    प्रतिसेयर नेटवर्थ

    यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १७२.९० रुपैयाँ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend