images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • बिवाइडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं...

बिवाइडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा

बिवाइडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • बिवाइडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल भएको छ।सूचीमा रहेका कुल ५०० कम्पनीमध्ये चिनियाँ अटोमेकर बिवाइडी पहिलोपटक शीर्ष १०० भित्र परेको हो। सन् २०२४ मा १४३औं स्थानमा थियो। सन् २०२२ यता बिवाइडी फर्च्युन ग्लोबलको सूचीमा लगातार पर्दै आएको छ।गत वर्ष बिवाइडीले आफ्नो ग्रोथमा अप्रत्यासित उछाल देखाएको थियो। बिवाइडीका चार उद्योगको व्यापार चम्किएको थियो। कम्पनीको वार्षिक आम्दानी ७ खर्ब ७७ अर्ब चिनियाँ युआन (१४ खर्ब ३८ अर्ब रूपैयाँ) पुगेको थियो। यो बिवाइडीको आम्दानीमा २९ प्रतिशतको वृद्धि हो।

    images
    images

    कम्पनीले सन् २०२४ मा न्यू इनर्जी भेहिकल (एनइभी)को बिक्रीमा पनि नयाँ रेकर्ड हात पारेको थियो। बिवाइडीले गत वर्ष ४२ लाख ७० हजार युनिट न्यू इनर्जी भेहिकल बेचेको थियो। यो भनेको ४१ प्रतिशतको वार्षिक वृद्धि हो।यही व्यापारिक रफ्तारका कारण बिवाइडीले लगातार तेस्रो वर्ष पनि ग्लोबल न्यू इनर्जी पेसेन्जर भेहिकल बिक्रीमा उपाधि जित्न सफल भएको छ। जसका कारण बिवाइडी विश्व अटो बजारमा झन् झन् बलियो प्लेयर बन्दै गइरहेको छ।   

    बिवाइडीको यस्तो ऐतिहासिक उछालको कारण प्राविधिक इनोभेसनकै कारण सम्भव भएको हो। कम्पनी 'प्रविधिमा-आधारित, इनोभेसन केन्द्रित' दर्शनको विकास गर्दै रिसर्च एण्ड डेभलपमेन्टमा गरेको लगानीका कारण नै यी उपलब्धि हासिल गर्न सफल भएकोमा विश्वास गर्छ।सन् २०२४ मा बिवाइडीले आरएण्डडीमा ५४ अर्ब २० करोड युआन खर्चिएको थियो।

    images
    images

    अघिल्लो वर्षको तुलनामा यो ३६ प्रतिशत बढी हो। कम्पनीले गरेको खुद नाफालाई लगानीको यो आँकडालाईसमेत उछिनेको छ। विगत १४ मध्ये १३ वर्ष (सन् २०११ देखि २०२४)मा आरएण्डडीमा गरिएको लगानीले बिवाइडीको खुद नाफालाई उछिनिरहेको छ।आरएण्डडीमा गरिएको लगानीकै कारण कम्पनीले ब्लेड ब्याट्री, डफआईएसयुएस इन्टेलिजेन्स बडी कन्ट्रोल सिस्टम, मेगावाट फ्ल्यास चार्जिङलगायतका मुख्य प्रविधि आविष्कार गर्न सक्षम भएको छ।सन् २०२५ मा बिवाइडीले ग्लोबलाइजेसन र लोकलाइजेसनलाई आक्रामक ढंगले विस्तार गर्दै लगेको छ। बिवाइडीले १ करोड ३० लाख युनिट सवारी साधन उत्पादन गरेर एक महत्वपूर्ण कोशेढुंगा (माइलस्टोन) हासिल गरेको बताइएको छ।

    यो वर्षको पहिलो ६ महिनामा बिवाइडीले उत्पादन गरेका पेसेन्जर भेहिकल र पिकअप ट्रकको ओभरसिज (चीन बाहिर) बिक्री ४ लाख ७० हजार थानभन्दा बढी पुगिसकेको छ। कम्पनीले ओभरसिज लोकलाइजेसन प्रयत्नको रुपमा हङ्गेरीमा युरोपेली मुख्यालय खोल्नुलाई मानेको छ।यस्तै, ब्राजिलको उद्योगबाट पहिलो गाडी उत्पादन गर्नु र थाइल्याण्डमा ९० हजारभन्दा बढी न्यू इनर्जी भेहिकल डेलिभरी गर्नु पनि बिवाइडीको ओभरसिज लोकलाइजेसनकै प्रयत्न हो। आजको दिनसम्म बिवाइडीको न्यू इनर्जी भेहिकल विश्वका ११२ देशहरूमा उपलब्ध छ। बिवाइडीले पछिल्लो फर्च्युन ग्लोबल ५०० मा हात पारेको स्थानले नवप्रवर्तन र अन्तर्राष्ट्रियस्तरमा भइरहेको यसको विस्तारप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।आगामी दिनमा नवीनतम् प्रविधि र विश्वव्यापी उपस्थितिमार्फत बिवाइडीले 'कुल द अर्थ बाइ १ डिग्री सेल्सियस' महत्त्वपूर्ण लक्ष्यसहित दिगो विकासका लागि प्रयत्नहरु जारी नै राख्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend