images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नेपाली बजारमा आयो फक्सवागेनको ‘भर्टुस’ कार,...

नेपाली बजारमा आयो फक्सवागेनको ‘भर्टुस’ कार, नाइमा मोबिलिटी एक्स्पोबाट बिक्री सुरु हुने

नेपाली बजारमा आयो फक्सवागेनको ‘भर्टुस’ कार, नाइमा मोबिलिटी एक्स्पोबाट बिक्री सुरु हुने

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • काठमाडौं। जर्मन अटो कम्पनी फक्सवागेनको नयाँ मोडल ‘भर्टुस’ पहिलो पटक नेपाली बजारमा प्रवेश गरेको छ।पूजा इन्टरनेशनल नेपालले फक्सवागेनको यस कम्प्याक्ट सेडान कार काठमाडौं ल्याएको हो। कम्पनीले यस कारको विक्री यही साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मार्फत प्रारम्भ गर्ने जनाएको छ।

    images
    images

    भर्टुस १.५ लिटरको टर्बोचार्ज्ड पेट्रोल इन्जिनसहित ६-स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स विकल्पमा उपलब्ध छ। यो कार स्पोर्टी फिलिङ, सहज ड्राइभिङ अनुभव र लग्जरीको संयोजनको रूपमा बजारमा आएको छ।भारतमा उत्पादन गरिएको भर्टुस फक्सवागेनको ‘लेटेस्ट डिजाइन ल्याङ्ग्वेज’मा आधारित छ। यसमा स्लीक र्यापअराउण्ड हेडलाइट, क्रोम एसेन्टसहितको फ्रन्ट ग्रिल र बम्परले आकर्षक लुक्स दिएको छ। कारको लम्बाइ ४,५४१ एमएम, चौडाइ १,७५२ एमएम र उचाइ १,४८७ एमएम रहेको छ। २,६५१ एमएमको ह्वीलबेस र ५२१ लिटरको बुट स्पेसले यसलाई थप प्रयोगशिल बनाएको छ।

    भर्टुसमा १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, थ्री–स्पोक स्टेरिङ ह्वील, सनरुफ, वायरलेस चार्जर र ८ स्पीकरको अडियो सिस्टम उपलब्ध छ।यसका साथै अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, ६ वटा एयरव्याग, अटो हेडल्याम्प र वाइपर, टायर प्रेसर मोनिटरिङ सिस्टम (TPMS), हिल होल्ड कन्ट्रोल, एम्बियन्ट लाइट, कुल्ड ग्लोभबक्स, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC), र इलेक्ट्रोनिक डिफरनसियल लक (EDS) जस्ता उच्च प्रविधि सुविधा पनि दिइएको छ।फक्सवागेन भर्टुस विशेष गरी युवा वर्ग र प्रिमियम सेडान प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको कार हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend