images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • नेपाल पुनर्बीमा कम्पनीले १ः१ अनुपातमा हकप्रद...

नेपाल पुनर्बीमा कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर ल्याउँदै

नेपाल पुनर्बीमा कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर ल्याउँदै

images
images
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • काठमाडौँः नेपाल पुनर्बीमा कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको साउन १४ गते बुधबार बसेको सञ्चालक समितिको ५७० औं बैंठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

    images
    images

    कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार पूँजी वृद्धि गर्ने भएको हो । प्राधिकरणको २०८१ पुस २५ गते गरेको निर्देशन अनुसार २०८२ माघ मसान्त भित्रै पूँजी वृद्धि गर्नु पर्ने कम्पनीले जानकारी गराएको छ ।

    प्राधिकरणले तय गरेको पुनर्बीमाको सीमा एंव व्यवसाय विस्तार गर्न र अन्तराष्ट्रिय बजारमा उपस्थिती बढाउन अर्थमन्त्रालयको स्वीकृत लिएर १ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको उल्लेख छ ।

    images
    images

    उक्त हकप्रद कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत लिइ नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपछि जारी हुने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend