images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • पायोनियर मोटो कर्पलाई बी-एसयूभी आईसीई सेग्मेन्टमा...

पायोनियर मोटो कर्पलाई बी-एसयूभी आईसीई सेग्मेन्टमा ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’

पायोनियर मोटो कर्पलाई बी-एसयूभी आईसीई सेग्मेन्टमा ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • निसान गाडीहरूको नेपालका लागि एक मात्र आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपालमा सेल्स पर्फमेन्सका लागि बी-एसयूभी आईसीई सेगमेन्टमा ‘२०२५ मार्केट सेयर एचिभमेन्ट अवार्ड’ प्राप्त गरेको छ । निसान मोटर इन्डियाद्वारा ‘डिफाई अर्डिनरि’ आयोजित ‘एनुअल साउथ एसिया डिस्ट्रिब्युटर कन्फरेन्स २०२५’मा यो अवार्ड प्रदान गरिएको हो ।उक्त सम्मान निसानको अफ्रिका, मध्यपूर्व, भारत, युरोप तथा ओसियाना (एएमआईईओ) क्षेत्रका ‘चिफ अफ कमर्सियल अपरेसन्स’ लिओन डोर्सेर र निसान मोटर इन्डिया प्रालिका प्रबन्ध निर्देशक सौरभ वत्साद्वारा संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो । 

    images
    images

    भारतको चेन्नईस्थित महाबलीपुरममा आयोजित उक्त सम्मेलनमा निसानको दक्षिण एसियाका विभिन्न वितरक साझेदारहरूको उपस्थिति रहेको थियो । पायोनियर मोटो कर्पले नेपाली बजारमा निसान ब्रान्डको उपस्थिति सुदृढ पार्न सक्रीय भूमिका खेल्दै आइरहेको छ भने पछिल्ला वर्षमा उल्लेखनीय सफलता पनि हासिल गर्दै आएको छ । यस ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’ले नेपालमा निसानको प्रभावशाली सेल्स पर्फमेन्स र निरन्तर बजार नेतृत्वको निम्ति पायोनियर मोटरकर्पले गरेको योगदानलाई बढावा दिने कम्पनीले जनाएको छ । कन्फरेन्समा दक्षिण एसियाको बजारका लागि निसानको आगामी रणनीति पनि प्रस्तुत गरिएको थियो, जसअन्तर्गत भारतमा उत्पादन हुने तीन नयाँ मोडलका गाडीहरू (बी-एमपीभी, सी-एसयूभी, सी-एसयूभी-प्लस) आगामी १८ महिनाभित्र सार्वजनिक गरिने योजना पनि समावेश थियो ।

    साथै, क्षेत्रीय बजार विस्तारका लागि अन्य अन्तर्राष्ट्रिय मोडेल समेत प्रस्तुत गरिने घोषणा गरिएको थियो । यी सबै मोडल निसानको मूल एसयूभी डीएनए र जापानिज क्राफ्ट्समेनसिपको प्रतिबिम्ब हुनेछ । यी मोडल निसानको ‘वन कार, वन वर्ल्ड’ रणनीतिअनुसार सार्वजनिक गरिनेछ जुन २०२४ को अक्टोबरमा नयाँ निसान म्यागनाइटको लन्चसँगै ल्याइएको थियो ।पायोनियर मोटोकर्प प्रालि, नेपालमा निसान मोटर कम्पनीको लागि आधिकारिक वितरक हो । सन् २०१४ मा स्थापित कम्पनीले जापान, थाइल्यान्ड र भारतस्थित निसानको उत्पादनप्लान्टबाट सवारीसाधन आयात गर्दछ । कम्पनीको नेपालभर १३ वटा शोरुम (टचपोइन्टहरू) रहेका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend