images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • यामाहा नेपालले गर्‍यो ‘ब्लू राइज’ थीममा...

यामाहा नेपालले गर्‍यो ‘ब्लू राइज’ थीममा वार्षिक डिलर मिट

यामाहा नेपालले गर्‍यो ‘ब्लू राइज’ थीममा वार्षिक डिलर मिट

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • यामाहा नेपालले यही साउन ८ र ९ गते  ‘ब्लू राइज-वी राइज एज वान’ भन्ने मूल नाराका साथ आफ्नो बहुप्रतीक्षित वार्षिक डिलर मिट २०२५ भव्य रूपमा सम्पन्न गरेको छ । एकता, सहकार्य र सफलताको साझा यात्रालाई एकसाथ मनाउन आयोजित यस दुई दिने जमघटमा नेपालभरिबाट आएका ९० भन्दा बढी डिलर, यामाहा टिमका सदस्यसहितले सहभागिता जनाएका थिए ।पहिलो दिनको कार्यक्रम सेल्स र मोटिभेसनमा केन्द्रित रह्यो, जहाँ सौरभ लोहनीले सेल्स एण्ड बिजनेस ट्रेनिङ सेसन सञ्चालन गरेका थिए । 

    images
    images

    यस सेसनले सहभागीहरूलाई बदलिँदो बजारमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने व्यावहारिक रणनीति प्रस्तुत गर्नुका साथै विशेषगरी डिलरशिप व्यवस्थापनको पक्षलाई प्राथमिकताका साथ समेटेको यामाहा नेपालले  जनाएको छ ।दोस्रो दिनको कार्यक्रममा यामाहा ब्रान्डको सामूहिक शक्ति र एकता झल्काउने विषय मुख्य हाइलाइटका रूपमा देखिएका थिए । कार्यक्रम एमएडब्लू राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालको सम्बोधनबाट शुरू भएको थियो जहाँ उनले सम्पूर्ण डिलरलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै कम्पनीका सबै विभागले निर्धारित वार्षिक लक्ष्य पूरा गरेकोमा त्यसको प्रशंसा पनि गरे । यसपश्चात् विभिन्न विभागले आर्थिक वर्ष ०८१/०८२ को समग्र गतिविधि र उपलब्धिको समीक्षा एवं आगामी वर्षको रणनीतिक योजना समेटेर आ-आफ्ना प्रस्तुति दिएका थिए। त्यसै अवसरमा MT-15 V2 को आइस स्टोर्म र FZ-S V3 को आइस फ्लुओ भर्मीलिओन नामक दुई नयाँ र आकर्षक कलर भेरियन्टहरूको पनि अनावरण गरिएको थियो, जसले आफ्नो बोल्ड र एस्थेटिक डिजाइनका कारण सहभागीहरूको ध्यान खिचेको थियो ।

    एमएडब्लू सोलिडारिटी फन्ड अन्तर्गत एक भावुक प्रयासका रूपमा फन्ड समिति सदस्य तथा चितवनका डिलर प्रतिनिधि केजीएस ट्रेडिङ् कन्सर्न, महेन्द्रनगरलाई एक सोलिडारिटी चेक प्रदान गरे । गत वर्षको बाढीका कारण केजीएसको वर्कशप र भौतिक संरचनामा भएको गम्भीर क्षतिको सन्दर्भमा गरिएको यस सहयोगले संकटका समयमा आफ्ना साझेदारहरूप्रति यामाहाको बलियो साथ र प्रतिबद्धतालाई पुनः पुष्टि गरेको कम्पनीले जनाएको छ । यस भेटघाट कार्यक्रमलाई नेपाल क्रिकेट संघका सचिव तथा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काको प्रभावशाली मन्तव्यले थप ऊर्जावान् बनाएको थियो । उनले आफ्ना नेतृत्वदायी यात्रा र टिमवर्क तथा लक्ष्यप्रति समर्पणका अनुभव साझा गर्दै सहभागीहरूलाई प्रेरित गरे । 

    images
    images

    योसँगै एमएडब्लू राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवालको सम्बोधनले कार्यक्रममा अझ उत्साह थपेको थियो । उनले यामाहाको साझा दृष्टिकोण, एकतामा आधारित कम्युनिटी निर्माणको महत्त्व र आगामी आर्थिक वर्षभर आफ्ना डिलर नेटवर्कलाई सशक्त साथ दिने प्रतिबद्धता दोहोर्‍याए । पुरस्कार वितरण समारोहले उत्कृष्टता र समर्पणको उत्सव मनाएको थियो । कार्यक्रममा A0, A1, A2 र A3 श्रेणीका उत्कृष्ट डिलरहरूलाई सम्मान गरिएको थियो । साथै, ‘ड्रिम टार्गेट’ प्राप्त गर्नेहरू र विशिष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो ।

    कार्यक्रममा विशेष अतिथिका रूपमा यामाहा मोटर इण्डिया ग्रुपका चेयरम्यान इतारु ओटानी, वाईएमआईएसका उपाध्यक्ष महेन्द्र प्रताप र डीजीएम विपिन सिंहको पनि उपस्थिति रहेको थियो । उनीहरूको अन्तर्राष्ट्रिय समर्थन र सहभागिताले यामाहाको असीमित एकता र उत्कृष्टताको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै कार्यक्रमलाई विशेष बनाएको यामाहा नेपालले जनाएको छ । नयाँ आर्थिक वर्षमा प्रवेश गर्दै गर्दा, डिलर्स मिट २०२५ ले यामाहाका उपलब्धिहरूको उत्सव मनाउने मात्र होइन, यसको सामूहिक शक्ति र ब्रान्डको ‘ब्लू राइज: वी राइज एज वान’ भन्ने नाराप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्न समेत सफल भएको जनाइएको छ ।

    एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र फैलिँदो डिलर नेटवर्कमार्फत् नेपालमा दुईपांग्रे सवारीको क्षेत्रलाई निरन्तर नेतृत्व दिइरहेको छ । दैनिक उपयोगका लागि स्कुटरदेखि थ्रिल खोज्नेहरूका लागि मोटरसाइकलसम्म, यामाहाले नेपाली ग्राहकहरूलाई उत्कृष्ट भ्यालु र राइड अनुभवप्रदान गरिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend