images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नाइमा मोबिलीटी एक्स्पोमा सनलङका २ माइक्रोभ्यान...

नाइमा मोबिलीटी एक्स्पोमा सनलङका २ माइक्रोभ्यान सार्वजनिक हुने

नाइमा मोबिलीटी एक्स्पोमा सनलङका २ माइक्रोभ्यान सार्वजनिक हुने

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • यही साउन २१ गतेदेखि आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ चिनियाँ कमर्सियल भेहिकल ब्राण्ड सनलोङका दुई इलेक्ट्रिक माइक्रोभ्यान सार्वजनिक हुने भएका छन्।  वेबर ग्रुपअन्तर्गतको ब्लू कर्पोरेसन प्रालिले सनलङको १२ र १३ सिटे माइक्रोभ्यान लन्च गर्ने भएको हो।कम्पनीले नेपाल ल्याएका यू वान र यू टु इलेक्ट्रिक माइक्रोभ्यानहरूमा क्रमशः ४६.३६ र ५०.२३ किलोवाट अवारको ब्याट्री प्याक रहेको छ । ८० किलोवाटको मोटर रहेको यी भ्यानहरूको रेन्ज क्रमशः ३२५ र ३५० किलोमिटरको रहेको छ । 

    images
    images

    १५ इन्चको ह्वील रहेको सनलङको माइक्रोभ्यानमा १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । सनलङको यो माइक्रोेभ्यानमा एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ इन्टरफेस, एयर कण्डिसन, प्रेडेस्ट्रियन वार्निङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामरा, फ्रन्ट पावर विण्डो लगायत फिचर छन् । सुरक्षाका लागि यी भ्यानहरूमा एबीएस, ईबीडी, ईपीएस, ईएससी ब्रेक असिस्ट, फ्रन्ट डिस्क रियर ड्रम ब्रेकिङ सिस्टम, सिटबेल्ट वार्निङ आदि फिचर रहेको छ । कम्पनीले यी इलेक्ट्रीक भ्यानसँग ३.३ पिकलोवाटको पोर्टेबल र ६.६ किलोवाटको वाल माउण्टेड चार्जर दिने जनाएको छ । ब्लू कर्पोरेशनले १२ सिटे सनलङ यू वानको मूल्य ४७ लाख ४७ हजार र १३ सिटे यू टुको मूल्य ५१ लाख ५१ हजार रुपैयाँ तोकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend