images

२०८३ आश्विन १९ गते

images
images
images

बाँकेमा २९ अर्बभन्दा बढी राजस्व सङ्कलन

बाँकेमा २९ अर्बभन्दा बढी राजस्व सङ्कलन

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • नेपालगन्ज । बाँके जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा सङ्घ र प्रदेश सरकारका कार्यालयहरु मार्फत २९ अर्बभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले दिनुभएको जानकारी अनुसार बाँकेमा गत आर्थिक वर्षमा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको बताउनुभयो ।

    images
    images

    उहाँले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँ राजस्व सङ्कलन भएको जनाउँदै गत आर्थिक वर्षमा तीन अर्ब ६ करोड एक लाख ९४ हजार ३७२ रुपियाँले वृद्धि भई २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन भएको बताउनुभयो ।

    कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार जिल्लामा राजस्व सङ्कलन गर्ने कार्यालयहरु मध्ये सबैभन्दा बढी राजस्व नेपालगन्ज भन्सार कार्यालयले सङ्कलन गरेको छ । सो कार्यालयले मात्रै २० अर्ब २८ करोड ७२ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले डिजेल आयातबाट मात्रै छ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सारलेले आव २०८०/८१ मा १८ अर्ब १५ करोड ७२ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

    images
    images

    बाँके जिल्लामा दोस्रो सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने कार्यालय आन्तरिक राजस्व कार्यालय रहेको जनाउँदै कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक भण्डारीले सो कार्यालयले गत आवमा आठ अर्ब २९ करोड ८६ लाख १८ हजार रुपियाँ सङ्कलन गरेको बताउनुभयो ।सो कार्यालयले अघिल्लो आव २०८०/८१ मा सात अर्ब ६९ करोड ६२ लाख रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

    जिल्लामा सबैभन्दा बढी राजस्व सङ्कलन गर्दै आएका नेपालगन्ज भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय दुबैको राजस्व सङ्कलनमा वृद्धि भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेले जनाएको छ ।भन्सार कार्यालयले गत आवमा राजस्व सङ्कलनमा दुई अर्बभन्दा बढी वृद्धि गरेको छ भने आन्तरिक राजस्व कार्यालयले गत आवमा अघिल्लो आवको तुलनामा ७४ करोडभन्दा बढी राजस्व सङ्कलनमा वृद्धि गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend