images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • सङ्घीय संसद्का विभिन्न पाँच संसदीय समितिका...

सङ्घीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक बस्दै,यस्ता छन कार्यसूची ।

सङ्घीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक बस्दै,यस्ता छन कार्यसूची ।

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • काठमाडौँः आज सङ्घीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः३० बजे बस्दैछ । 

    images
    images

    बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्यसूची छ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञसँग छलफल हुनेछ ।   

    यस्तै, कानुन, न्याय तथा मानवअधिकार समिति तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक  दिउँसो १ः०० बजे बस्दैछ । मानवअधिकार समितिमा मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना सम्बन्धी सुझावको मस्यौदा र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा समेत छलफल हुने कार्यसूची छ ।  

    images
    images

    यस्तैगरी, राष्ट्रियसभा अन्तर्गतको विधान व्यवस्थापन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बिहान ११ः३० बजे बस्ने सुशासन समितिको बैठकमा मधेस प्रदेश लगायत देशभरका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्याको समाधानका लागि मन्त्रालयबाट भएका कामकारबाही बारे छलफल हुँदैछ । 

    दिउँसो १ः०० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफलको गर्ने कार्यक्रम छ । बिहान ११ः०० बजे बस्ने राष्ट्रिय सरोकार समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सँग छलफल हुने कार्यसूची छ ।  

    उक्त बैठकमा उक्त मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समिति सँगको अपेक्षाका विषयमा छलफल हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend