images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ईसेवाले सुरू गर्‍यो इजी लोन, अब...

ईसेवाले सुरू गर्‍यो इजी लोन, अब क्षण भरमै बिना धितो २ लाखसम्म कर्जा पाइने

ईसेवाले सुरू गर्‍यो इजी लोन, अब क्षण भरमै बिना धितो २ लाखसम्म कर्जा पाइने

images
images
बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • काठमाडौं। नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले कर्जा सुविधा उपलब्ध बनाउने भएको छ । 

    images
    images

    इसेवा प्रयोगकर्ताहरूले बिना कुनै धितो क्षणभरमै रु.२ लाखसम्मको व्यावसायिक कर्जा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  कुमारी बैंक लिमिटेड र फोनलोनसँगको सहकार्यमा इसेवाले प्रदान गर्ने यस कर्जा सुविधालाई ‘इजी लोन’ नाम दिइएको छ । 

    पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र उपलब्ध रहेको यो सेवा छिट्टै सम्पूर्ण इसेवा प्रयोगकर्ताहरूलाई उपलब्ध हुने  प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले जानकारी दिए ।  खड्काले सबै प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टलाई अहिलेसम्मको साथ सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै विभिन्न सेवाहरू लिएर आउने समेत बताए । 

    images
    images

    इसेवाले आफ्ना प्रयोगकर्ताहरूलाई भुक्तानी बाहेकका अन्य थुप्रै नवीनतम सेवाहरू पनि प्रदान गर्ने नयाँ आयाम ह्यासट्याग बियोन्डपेमेन्ट्सको पनि सुरुवात गरेको जनाएको छ ।  

    हालै गुगल प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट एप बनेको इसेवाले अब प्रयोगकर्ताहरूलाई व्यवसाय वृद्धिको लागि सरल डिजिटल कर्जा प्रदान गर्ने नेपालको पहिलो डिजिटल वालेट पनि भएको विज्ञप्तिमार्फत जनाएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend