images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्रि...

एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा २० प्रतिशतसम्म छुट

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौं । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच यस बैंकका ग्राहकहरुका लागि विशेष छुटेको व्यवस्था गरिएको छ ।बैंकका ग्राहक महानुभावहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।

    images
    images

    यस सम्झौतापछि बैंकका ग्राहक महानुभावहरुले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । ग्राहक महानुभावहरुले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्न सक्ने छन् ।

    बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

    images
    images

    बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend