images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • रसुवा बाढीले त्रिशुली-३ बी हब सबस्टेसनमा...

रसुवा बाढीले त्रिशुली-३ बी हब सबस्टेसनमा थप क्षति

रसुवा बाढीले त्रिशुली-३ बी हब सबस्टेसनमा थप क्षति

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौं । रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल विद्युत प्राधिकरणको २२० केभीको त्रिशुली-३ बी हब सबस्टेसनमा पुनः क्षति पुर्‍याएको छ ।अघिल्लोपटकको बाढीले पनि यो सबस्टेसनमा ठूलो क्षति पुगेको थियो । सबस्टेसनमा लगाइएको पर्खाल बाढीका कारण लच्किएको र त्यो बगाएको अवस्थामा सबस्टेसनमा बाढी पस्नसक्ने अवस्था देखिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए ।

    images
    images

    अन्य प्लान्टहरुमा भने क्षति नभएको उनले बताए । तर बाढीले बाटो बगाएको हुँदा पुनर्निर्माणको काम प्रभावित हुने प्रवक्ता ढकालले जनाएका छन् ।भोटेकोशीमा फेरि पनि ठूलो बाढी आउँदा रसुवा र नुवाकोट जिल्लाका नदी किनारको क्षेत्र डुबानमा परेको छ । बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

    नयाँ बाढीका कारण गत असार २५ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले थालेको निर्माणको काम बन्द भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend