images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • सन नेपाल लाइफको ‘सन नेपाल एचिभर्स...

सन नेपाल लाइफको ‘सन नेपाल एचिभर्स नाइट २०८२’ सम्पन्न

सन नेपाल लाइफको ‘सन नेपाल एचिभर्स नाइट २०८२’ सम्पन्न

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौं ।  जीवन बीमाको माध्यमबाट नेपालीको सुरक्षा सुनिश्चित गर्ने अभिकर्ताहरूको समर्पण र मेहनतको सम्मान स्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य कार्यक्रम ‘सन एचिभर्स नाइट २०८२’ सौराहास्थित होटेल सेभेन स्टार लिमिटेडमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न विधाहरूमा सर्वोत्कृष्ट हुने अभिकर्ताहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । एमडीआरटी २०२५, सर्वाधिक बीमालेख बिक्री, व्यक्तिगत तथा टिम व्यवसायमा सर्वाधिक बीमाशुल्क संकलन, सर्वाधिक अभिकर्ता सक्रियता आदि विभिन्न विधाहरूमा अब्बल हुने अभिकर्ताहरूलाई सम्मान गरिएको हो ।

    images
    images

    साथै कम्पनीले व्यवसायका आधारमा अभिकर्ताहरूलाई शुक्र, चन्द्र , मंगल तथा दी सन क्लब मा वर्गीकरण गरी सोही अनुसारको सम्मान पनि गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ लगायत वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले यस प्रकारको कार्यक्रमले अभिकर्ताहरूको व्यक्तित्व विकास भई ग्राहक वर्गमा पुर्‍याउने सेवामा थप दक्षता अभिवृद्धि गरी कम्पनी प्रतिको निष्ठा, भरोसा, मिहिनेत र बीमितप्रतिको उत्तरदायित्वको नै कम्पनीको मेरुदण्ड भएको जानकारी गराए।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशभरका १४३ शाखाबाट जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend