images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • वीरगञ्जबाट...

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • वीरगञ्ज ।गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन नेपाल भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् ।सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ । गत आवमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र १७ अर्ब ३१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    images
    images

    गत आवमा ६ अर्ब ६० करोड मूल्यका ५० हजार २९१ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन् । ती सवारी आयातबाट यस नाकाले ६ अर्ब ३१ करोड राजस्व सङ्कलन गरेको छ । गत आवमा दुई अर्ब ९४ करोड मूल्यका एक हजार ४५४ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् ।त्यसैगरी, सोही अवधिमा दुई अर्ब एक करोड मूल्यका नौ सय १२ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् । गत आवमा नै एक अर्ब ३७ करोड मूल्यका पाँच हजार ७३५ वटा ट्रयाक्टर तथा ट्रिलर आयात भएका छन् ।

    सोही अवधिमा एक अर्ब ११ करोड मूल्य पर्ने ४१७ वटा इन्धनबाट चल्ने बस यहाँ भित्रिएका छन् । सोही अवधिमा ७१ करोडका एक सय ३९ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् भने ७४ करोडको तीन सय १२ वटा ट्रक, मिनी ट्रक आयात भएका छन् ।त्यसैगरी, सोही अवधिमा ४३ करोड ३१ लाख मूल्यका चार हजार ६४६ वटा मोटरसाइकल आयात भएका छन् । वीरगञ्ज नाका हुँदै गत आवमा एक अर्ब ६४ करोड मूल्यका साना–ठूला दुई हजार ३३७ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए ।वीरगञ्ज भन्सारले गत वर्ष विद्युतीय सवारीसाधन आयातबाट एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend