images

२०८३ आश्विन १९ गते

images
images
images
  • अर्थतन्त्र
  • हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व...

हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व संकलन

हेटौँडा यातायात कार्यालयद्वारा ५७ करोड राजस्व संकलन

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं। यातायात व्यवस्था कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा रु ५७ करोड ४२ लाख ७६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा नयाँ सवारीसाधन दर्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट उक्त राजस्व सङ्कलन भएको हो । यस अवधिमा साना र ठूला गरी ६ हजार ९५ नयाँ सवारीसाधन दर्ता भएका कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा रु एक करोड ३५ लाख ५९ हजार बढी राजस्व तथा एक हजार ६९६ बढी नयाँ सवारीसाधन दर्ता भएका छन् ।  

    images
    images

    कार्यालयले आव २०८०/८१ मा नयाँ सवारीसाधन दर्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र बितरण लगायतका शिर्षकबाट रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो । उक्त आवमा कार्यालयले चार हजार ३९९ सवारीसाधन  दर्ता,  गरेको प्रमुख श्रेष्ठले बताउए । आव २०८१/८२ मा सवारीसाधन चालक अनुमतिपत्र वितरणबाट रु नौ करोड ६२ लाख ८१ हजार, सवारी करबाट रु ३४ करोड ७९ लाख ९८ हजार, यातायात क्षेत्रको आम्दानीबाट रु आठ करोड ९५ लाख ९४ हजार, सङ्घीयतातर्फ रु चार करोड तीन लाख ९४ हजार तथा बेरुजुबाट रु आठ हजार राजस्व सङ्कलन भएको छ । 

    यस्तै आव २०८१/८२ मा मोटरसाइकल तीन हजार २२५, टेम्पो र ई–रिक्सा ८८९, जीप र कार र भ्यान ७६१, क्रेन र डोजर र एस्काभेटर र ट्रक ६८६, माइक्रो बस २८६, बस १४१, मिनी बस २० तथा ट्याक्टर १२ वटा दर्ता भएका प्रमुख श्रेष्ठले जानकारी दिए । । यस अवधिमा सात हजार १२० सवारी चालक अनुमतिपत्र वितरण गरिएको छ । सो अवधिमा ६ हजार ३७१ नविकरण, ९२ प्रतिलिपी, ९७ वटा नविकरण र प्रतिलिपी दिइएको कार्यालयले जनाएको छ ।  यसैबीच श्रम तथा रोजगार कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८१/८२ मा ४८ बालश्रमिकको उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ । आव २०८१ / ८२ मा ३१७ उद्योग प्रतिष्ठानमा गरिएको अनुगमनका क्रममा फेला परेका उनीहरुको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । 

    images
    images

    सो क्रममा बालबालिकालाई बालश्रमिकको रूपमा काममा लगाउने ३० उद्योग प्रतिष्ठान तथा रोजगारदातामाथि कारवाहीसमेत गरिएको कार्यालय प्रमुख रुद्रनारायण साहले जानकारी दिनुभयो । ती उद्योग प्रतिष्ठान तथा रोजगारदातामाथि कारवाही गरी रु चार लाख ४२ हजार जरिवाना तथा रु पाँच लाख १६ हजार क्षतिपूर्ति तिराइएको कार्यालय प्रमुख साहले बताए । आव २०८१/८२ मा २५१ उद्योग प्रतिष्ठानमा अनुगमन गर्दा अधिकांश ठूला उद्योग प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकलगायत श्रम कानुनको पालना गरिएको पाइए पनि साना उद्योग प्रतिष्ठानमा नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षाको अवस्था कमजोर रहेको पाइएको प्रमुख साहले बताए । आव २०८१/८२ मा श्रमसम्बन्धी व्यक्तिगत र सामूहिक ९१ उजुरी  दर्ता, भएकामा ५९ उजुरी फछ्र्यौट गरिएको उनले बताए । 

    कार्यालय प्रमुख साहका अनुसार आठ प्रतिष्ठानको खाता रोक्का गरिएको र केही उद्योग प्रतिष्ठानलाई सुधार गर्न निर्देशन दिइएको तथा श्रमिक र व्यवस्थापकलाई समेटेर सचेतनामूलक कार्यक्रमसमेत गरिएको छ । आव  २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठानको अनुगमन गरेको सो कार्यालयले बालबालिकालाई बालश्रमिकको रूपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारवाही गरेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend