images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • रसुवामा बाढी : ८४ करोड बीमा...

रसुवामा बाढी : ८४ करोड बीमा दावी,कुन कम्पनीमा कति ?

रसुवामा बाढी : ८४ करोड बीमा दावी,कुन कम्पनीमा कति ?

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं ।  गत असार २३ गते रसुवा जिल्लामा परेको अविरल वर्षा र त्यसपछिको बाढी तथा पहिरोबाट करिब साढे ८४ करोड रुपैयाँ बराबरको बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म सञ्चालनमा रहेका ११ निर्जीवन बीमा कम्पनीमा कुल ६८ वटा बीमा दावी परेका छन्, जसको रकम ८४ करोड ३८ लाख १० हजार रुपैयाँ पुगेको छ। यो तथ्यांक साउन ८ गतेसम्मको हो ।

    images
    images

    यी दावीहरूमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्समा दुई दावीबाट सबैभन्दा बढी ५५ करोड रुपैयाँको बीमा दावी परेको छ।  शिखर इन्स्योरेन्समा १२ दावीबाट १६ करोड ८५ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ३ दावीबाट पाँच करोड १२ लाख रुपैयाँको प्रारम्भिक दावी परेको छ।सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई दावीबाट दुई करोड ६५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्समा १२ दावीबाट एक करोड २८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ३ दावीबाट ९१ लाख रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ९ दावीबाट ७५ लाख ५० हजार रुपैयाँको दावी परेको छ।

    त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्समा ६ दावीबाट ७५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ दावीबाट ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६ दावीबाट ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँ बराबरको दावी परेको छ।बीमाका प्रकार अनुसार हेर्दा साउन ८ गतेसम्म सम्पत्ति बीमामा ६ दावीबाट ५८ करोड १ लाख रुपैयाँ, सामुद्रिक बीमामा ७ दावीबाट १६ करोड २३ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा ३ दावीबाट पाँच करोड ४० लाख रुपैयाँ, सार्वजनिक मोटर बीमामा ३८ दावीबाट दुई करोड ५९ लाख रुपैयाँ र निजी मोटर बीमामा १४ दावीबाट दुई करोड १४ लाख रुपैयाँको दावी परेको छ।नेपाल बीमा प्राधिकरणले सम्बन्धित बीमा कम्पनीहरूलाई शीघ्र बीमा दावी भुक्तानी गर्न निर्देशन दिएको छ र सबै विवरण संकलन गरी छानबिन गरिरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend