images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • प्रतिव्यक्ति आम्दानी वृद्धि भएकाले विश्व बैंकद्वारा...

प्रतिव्यक्ति आम्दानी वृद्धि भएकाले विश्व बैंकद्वारा ऋणको ब्याजदर ०.७५ प्रतिशत वृद्धि

प्रतिव्यक्ति आम्दानी वृद्धि भएकाले विश्व बैंकद्वारा ऋणको ब्याजदर ०.७५ प्रतिशत वृद्धि

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौँः नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि भएकाले विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर पनि वृद्धि गरेको छ ।

    images
    images

    अर्थ मन्त्रालय र नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा आज आयोजित वैदेशिक सहायता परिचालन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यही जुलाईदेखि लागू हुने गरी नेपालले हालसम्म विश्व बैंक सँग लिँदै आएका विकास सहायतामा ०.७५ प्रतिशत ब्याजदर वृद्धि गरी १.५ प्रतिशत पुर्याएको जानकारी दिनुभयो ।

    नेपाल गरिब राष्ट्रहरूको सूचीबाट स्तरोन्नति भएकाले ऋणको ब्याजदर स्वाभाविक रुपमा वृद्धि भएको जनाउँदै उहाँले भन्नुभयो, “विश्व बैंकले यही जुलाई देखि व्याजदर बढाएको छ । त्यो चाहीँ हामीले ४० वर्ष भित्र तिर्ने गरी लिने गरेका थियौँ । अहिले म्याच्युरिटी अवधि ४० र ३८ वर्षे भएकामा अब ३० वर्ष बनाइएको छ ।”

    images
    images

    वैदेशिक सहायता लिने र दिने दुवै पक्षमा सहमति नभई कार्यान्वयन नहुने भएकाले यसमा नेपालले प्राथमिकताका आधारमा वैदेशिक सहायता पाउन नसक्ने बताउँदै महाशाखा प्रमुख शर्माले नेपालको विकास सहायतामा उनीहरुको ८० प्रतिशत योगदान रहेको जानकारी दिनुभयो ।

    विश्व बैंक र एसियाली विकास बैंकले ल्याएका देशीय साझेदार रणनीतिसँग सामञ्जस्यता मिलाउने गरी विकास सहायतालाई अघि बढाउने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालले लिने सबै विकास सहायता अन्तर्गतका परियोजनाको गुणस्तर र प्रतिफलको मूल्याङ्कन दातृ निकायले गर्ने भएकाले माग अनुसारका परियोजना छनोट हुन नसक्ने अवस्था आएको छ ।

    कार्यक्रममा उपसचिव डोलेन्द्र शर्माले नेपालमा वैदेशिक सहायता परिचालनका अभ्यासबारे कार्य पत्र प्रस्तुत गर्नुभएको थियो ।
    उक्त कार्यक्रममा अर्थ मन्त्रालयका प्रतिनिधिद्वय प्रेम उपाध्याय र विशेष प्रधानले विकास वित्त सूचना व्यवस्थापन प्रणालीबारे जानकारी गराउनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend