images

२०८३ आश्विन १९ गते

images
images
images
  • अर्थतन्त्र
  • यातायात कार्यालय झापाद्वारा एक अर्व राजस्व...

यातायात कार्यालय झापाद्वारा एक अर्व राजस्व सङ्कलन

यातायात कार्यालय झापाद्वारा एक अर्व राजस्व सङ्कलन

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा रु एक अर्ब ६ करोड १७ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा रु १२ करोड ९५ लाख ३३ हजार बढी राजस्व सङ्कलन गरेको हो । 

    images
    images

    यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार आव २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो । आव २०८१/८२ मा १३ हजार ९७० सवारीसाधन दर्ता हुँदा १९ हजार ७७८ जनाले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका उहाँले बताउनुभयो । 

    यसैगरी, कार्यालयले एक वर्षमा २२ हजार ६९१ सवारीसाधन नवीकरण गरेको छ । आव २०८१/८२ मा  सबैभन्दा धेरै चार हजार ९६२ मोटरसाइकल दर्ता हुँदा तीन हजार ४१० स्कुटर दर्ता भएका सूचना अधिकारी ओलीले जानकारी दिनुभयो । सो अवधिमा दुई हजार ६८८ ई–रिक्सा, ७६७ ई–स्कुटर, २४९ ट्याक्टर, २४६ जिप, २५८ कार, १६५ बस, १४६ भ्यान, ३९ टिपर, ७७ ट्रक र २३ मिनी बस दर्ता भएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend