images

२०८३ आश्विन १७ गते

images
images
images

आईएमई मोटर्सलाई वेस्ट सर्भिस प्रोभाइडर अवार्ड

आईएमई मोटर्सलाई वेस्ट सर्भिस प्रोभाइडर अवार्ड

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौं । आईएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरीअन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’बाट सम्मानित भएको छ ।आईएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुई बीचको सहकार्यमा थप ऊर्जा भरेको कम्पनीले जनाएको छ । उक्त अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको आईएमई मोटर्सको दश वर्षे यात्रालाई अझ विशेष बनाएको छ ।

    images
    images

    ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आईएमई मोटर्सले पुर्‍याएको उत्कृष्ट योगदानलाई सम्मान प्रदान गरिएको हो ।आईएमई मोटर्सका सर्भिस प्रमुख मित्रकुमार श्रेष्ठले यो पुरस्कार हाम्रा प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको बताए । भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको उनी बताउँछन् ।

    आईएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डबाट सम्मानित हुँदा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतामा थप टेवा पुगेको बताएका छन् ।अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुपकुमार स्वाईनले अशोक लेल्यान्ड सँगको साझेदारीको १० वर्षको सफल यात्रा मनाउँदै गर्दा प्राप्त यो सम्मानले सहकार्यको मजबुत र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने साझा प्रतिबद्धतालाई झल्काएको बताए ।

    images
    images

    अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता, र समग्र योगदानको आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend