images

२०८३ आश्विन १९ गते

images
images
images

गौतमबुद्ध रङ्गशालाको काम नभएपछि १० करोड रुपैयाँभन्दा बढी रकम फिर्ता

गौतमबुद्ध रङ्गशालाको काम नभएपछि १० करोड रुपैयाँभन्दा बढी रकम फिर्ता

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • चितवन ।  भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोड रुपैयाँभन्दा बढी फिर्ता भएको छ । भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको रकम काम हुन नसकेपछि पुनः सङ्घ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गएको आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि १० करोड ५४ लाख ३० हजार एक सय ७० रुपैयाँ फिर्ता भएको हो ।

    images
    images

    महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार सङ्घीय सरकारले २५ करोड रुपैयाँ निकासा गरेकामा १७ करोड ६५ लाख ६९ हजार आठ सय ३० रुपैयाँ मात्रै खर्च भएको छ । बाँकी सात करोड ३४ लाख ३० हजार एक सय ७० रुपैयाँ फिर्ता भएको हो ।यस्तै बागमती प्रदेश सरकारबाट निकासा भएको १० करोडमध्ये छ करोड ८० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यसमा तीन करोड २० लाख फिर्ता भएको हो । रङ्गशाला निर्माणका लागि बागमती प्रदेश सरकारको ७० प्रतिशत र ३० प्रतिशत भरतपुर महानगरपालिकाले बेहोर्ने सम्झौता छ ।

    सङ्घीय सरकारले महानगरपालिकाको तर्फबाट गरिने खर्चमा रकम दिएको थियो । महानगरले रङ्गशालाका लागि पाँच करोड रुपौयँ विनियोजन गरेको थियो । यो रकमसमेत फ्रिज भएको छ । निर्माण कम्पनीले असार मसान्तसम्म ४० प्रतिशत प्रगति गर्नुपर्नेमा आर्थिक प्रगति २ दशमलव ४९ प्रतिशत मात्रै भएको आचार्यले जानकारी दिनुभयो ।हिमालयन–कालिञ्चोक–बिबिआर ज्वाइन्टभेञ्चरले २०८१ सालको असार २३ गते ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा निर्माण सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८३ सालको पुस २२ गतेभित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend