images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • नेपालमा लोडसेडिङ इतिहास भैसक्यो, ६ घण्टाको...

नेपालमा लोडसेडिङ इतिहास भैसक्यो, ६ घण्टाको कुरा भ्रामक : प्राधिकरण

नेपालमा लोडसेडिङ इतिहास भैसक्यो, ६ घण्टाको कुरा भ्रामक : प्राधिकरण

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रमा देखिएको प्राविधिक समस्यालाई लिएर ‘लोडसेडिङ’ को भ्रम फैलाउन खोजेको आरोप लगाएको छ। पश्चिम चितवन र माडी क्षेत्रमा आजदेखि ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने सूचना जारी भएपछि आइतबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले यस्तो बताएको हो।

    images
    images

    बसेनी १३२ केभी सबस्टेशनबाट चनौली सबस्टेशनसम्म नयाँ ३३ केभी लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराएको छ। आगामी दुई/तीन दिनभित्र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित हुने प्राधिकरणको भनाइ छ। प्राधिकरणका अनुसार वर्षाको समयमा अपेक्षाकृत पानी नपर्दा सिंचाइ मागमा आएको वृद्धिका कारण लाइन र ट्रान्सफर्मर व्यवस्थापनका लागि तालिका सार्वजनिक गरिएको हो। 

    तर यसलाई ‘लोडसेडिङ’ को रूपमा प्रस्तुत गर्नु अनुचित भएको प्राधिकरणले स्पष्ट पारेको छ। प्राधिकरणले चनौली क्षेत्रमा बढेको लोड व्यवस्थापनका लागि अहोरात्र काम भइरहेको जानकारी गराएको छ। न्यू भरतपुर (बसेनी) सबस्टेशनबाट आउने ३३ केभी  लाइनमा आएको समस्या समाधानका लागि दीर्घकालीन योजना अन्तर्गत नयाँ लाइन निर्माणले गति लिएको जानकारी दिइएको छ। प्राधिकरणले लोडसेडिङ नेपालको इतिहासको कुरा भएको र सही सूचना सम्प्रेषण गर्न अपिल गरेको छ।  

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend