images

२०८३ आश्विन १९ गते

images
images
images
  • अर्थतन्त्र
  • मोरङमा डेढ अर्ब लागतमा क्यासिनोसहित पाँचतारे...

मोरङमा डेढ अर्ब लागतमा क्यासिनोसहित पाँचतारे होटल ‘द एक्सिस’ बन्ने

मोरङमा डेढ अर्ब लागतमा क्यासिनोसहित पाँचतारे होटल ‘द एक्सिस’ बन्ने

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं । मोरङ जिल्लाको ब्रम्हापुरामा क्यासिनको सुविधासहित पाँचतारे होटल बन्ने भएको छ । एक्सिस हस्पिटालिटी प्रालिले मोरङमा द एक्सिस होटल बनाउने भएको हो । कम्पनीको होटलको निर्माण कार्य अगाडि बढाउनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरी वन तथा वातावरण मन्त्रालयलाई पेश गरिसकेको छ । प्रतिवेदन अनुसार कम्पनीले ४ बिघा १३ कठ्ठा १९.९९ धुर जग्गा क्षेत्रफलमा होटल बनाउने छ । कम्पनीले ७ हजार ४४७.०७ वर्गमिटर क्षेत्रफलमा होटलको भवनहरु बनाउने भएको छ ।

    images
    images

    २७ हजार ४८२.५७ वर्गमिटर क्षेत्रफलको भवनहरुको तल्ला हुने उल्लेख गरेको छ । होटलमा भवनको संख्या चार वटा हुनेछ। त्यस्तै होटलमा ३ सय ५० शय्याको २ सय १५ वटा कोठाको सुविधा हुनेछ । मुख्य भवनको भूमिगत तल्ला १२ सय ६४.२८ वर्गमिटर र भूइं तल्ला २ हजार १.९१ वर्गमिटरको हुनेछ । भूईं तल्लामा रेष्टुरेन्ट, लबी, बार, भान्सा, कोठा र कार्यालय कोठाको सुविधा हुनेछ । होटलको मेजनाईज तल्लामा भान्सा कोठा, पहिलो तल्लामा मिटिङ हल, लबी, जिम, सैलुन, स्पा र दोस्रो तल्लामा सर्भिस तल्लाको सुविधा हुनेछ । त्यसैगरी तेस्रो तल्ला र चौथो तल्लामा ४०/४० वटा पाहुना कोठा र पाँचौ तल्लामा ३५ वटा पाहुना कोठाको सुविधा हुनेछ ।

    ब्याङ्क्वेट भवनको भुई तल्ला २६ सय ७८.२६ वर्गामिटर क्षेत्रफलमा फैलिनेछ । ब्लक बीको भवनको भुई तल्लामा रेष्टुरेन्ट, लबी, बार, भान्सा कोठा, कार्यालय कोठा, र पहिलो तल्लामा सर्भिस तल्लाको सुविधा हुनेछ । दोस्रो, तेस्रो र चौथो तल्लामा ३४/३४ वटा पाहुना कोठाको सुविधा हुनेछ । त्यसैगरी, कम्पनीले छुट्टै क्यासिनो हल बनाउनेछ । उक्त क्यासिनोको भुई तल्ला ११ सय ८८.२४ वर्गमिटर र पहिलो तल्ला १६ सय १७ वर्गामिटर क्षेत्रफलमा हल फैलिनेछ ।

    images
    images

    होटल निर्माणको चरणमा दैनिक ७० जना र सञ्चालन चरणमा २ सय कामदारको आवश्यकता पर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।होटलमा एक सय चार पाङ्ग्रे र १ सय ५० दुई पाङ्ग्रे अट्ने क्षमताको पार्किङको व्यवस्था हुनेछ । यो होटलको लागत डेढ अर्ब रुपैयाँ र बन्न लाग्ने अवधि ३ वर्ष अनुमान गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend