images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • अग्नि ग्रुपको नयाँ लजिस्टिक्स सेन्टर उद्घाटन...

अग्नि ग्रुपको नयाँ लजिस्टिक्स सेन्टर उद्घाटन समारोह हेटौँडामा सम्पन्न

अग्नि ग्रुपको नयाँ लजिस्टिक्स सेन्टर उद्घाटन समारोह हेटौँडामा सम्पन्न

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौँ । अग्नि ग्रुपले अग्नि लजिस्टिक्स प्राइभेट लिमिटेडमार्फत हेटौँडामा नयाँ ‘लजिस्टिक्स सेन्टर’ सुरु गरेको छ भने अग्नि इन्कर्पोरेटेड प्रालिमार्फत महिन्द्राका २ नयाँ गाडीहरू, महिन्द्रा बोलेरो नियो एसयुभि र महिन्द्रा जियो इभी पनि एकैसाथ सार्वजनिक गरेको छ । गत बुधबार हेटौँडामा सम्पन्न विशेष ‘लजिस्टिक्स उद्घाटन तथा प्रोडक्ट लन्च समारोह’ मार्फत नयाँ ‘लजिस्टिक्स सेन्टर’को शुभारम्भ तथा गाडीहरू सार्वजनिक गरिएको हो । समारोहमा बागमती प्रदेशका मुख्य सचिव भूपाल बराल, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताषा श्रेष्ठ,  महिन्द्रा एण्ड महिन्द्राका ‘नेपाल, भुटान र बङ्गलादेश’का लागि क्षेत्रीय प्रबन्धक चैतन्य कागलकर, अग्नि ग्रुपका विशेष पदाधिकारीहरू, महिन्द्रा एण्ड महिन्द्राका विशेष पदाधिकारीहरू, नेपालका लजिस्टिक्स विशेषज्ञहरू तथा व्यावसायिक ग्राहकवर्गको उपस्थिति रहेको थियो । 

    images
    images

    समारोहमा बागमती प्रदेशका मुख्य सचिव  बराल र अग्नि ग्रुपका अध्यक्ष  श्रेष्ठद्वारा ताम्रपत्र अनावरण गरी लजिस्टिक्स सेन्टरको उद्घाटन गरिएको हो ।महिन्द्राका दुई नयाँ सवारी साधनहरू – महिन्द्रा जिओ र महिन्द्रा बोलेरो नियो पनि नेपालमा सार्वजनिक गरिएको छ ।महिन्द्राको नयाँ एसयुभि महिन्द्रा बोलेरो नियोमा १४९३ सिसिको एमहक१०० बिएसभिआइ इन्जिन, थर्ड जेनेरेसन स्कोर्पियो च्यासिस, ३८४ लिटरको फराकिलो बुट स्पेस, ७–सिटर कन्फिगरेसन तथा प्रिमियम इटालियन लेदर इन्टेरियरले सुसज्जित रहेको छ । यो सुविधाले व्यावसायिक होस् वा निजि पारिवारिक, हरेक यात्रालाई अझै आरामदायी र सुविधाजनक बनाउँछ । ‘सहयात्री तपाईंको, हरेक यात्राको’ को स्लोगनसहित सार्वजनिक गरिएको महिन्द्रा बोलेरो नियो, नेपाली एक बहुउपयोगी एसयुभि हो । नेपाली भूगोलको लागि निर्मित महिन्द्रा बोलेरो नियोले महिन्द्रा बोलेरोको वर्षौँदेखिको विश्वासलाई कायम गर्दै व्यक्ति तथा व्यवसायीहरूलाई हरेक यात्रामा सहयात्रीको रूपमा साथ दिन्छ ।

    त्यसैगरी समारोहमा महिन्द्रा लास्ट माइल मोबिलिटि अन्तर्गतको नयाँ महिन्द्रा जिओ २ फरक भेरियन्टमा सार्वजनिक गरिएको छ – ‘इभि डेलिभरी भ्यान’ र ‘इभि पिक–अप’ ।महिन्द्रा जिओ व्यावसायिक प्रयोजनको लागि तयार पारिएको विद्युतीय गाडी हो । ‘अघि बढ्छ व्यवसाय बिजुलीको गतिमा, जब छ महिन्द्रा जिओ तपाईंको साथमा’ भन्ने स्लोगनसहित सार्वजनिक गरिएको यो सवारी साधन । ३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर, एकै चार्जमा १६० किमीको रेन्ज, र ३ वर्ष वा १,२५,००० किमीको ब्याट्री वारेन्टीले यसलाई व्यावसायिक प्रयोगकर्ताहरूको लागि भरपर्दो र किफायती विकल्पको रूपमा रहेको छ । कम सञ्चालन लागतमा सहरभित्र दैनिक खाद्यान्न, खानेपानी, तरकारी इत्यादि उपभोग्य वस्तुहरू डेलिभरी गर्नको लागि महिन्द्रा जिओ एक उपयुक्त विकल्प रहेको छ ।

    images
    images

    अग्नि लजिस्टिक्सका लजिस्टिक्स सेन्टरहरू काठमाडौँ महानगरपालिका वडा नं। १५ सानोभर्‍याङ, हेटौँडा उपमहानगरपालिका वडा नं ७ न्युरेनि, इटहरी उपमहानगरपालिका वडा नं। १ आपगाछी र भैरहवा नजिक रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं। ४, वसन्तपुर गरी देशभर चार स्थानमा रहेका छन् । कम्पनीका सबै लजिस्टिक्स सेन्टरहरू राजमार्ग तथा विमानस्थलको निकट पहुँच भएको र प्रदेशका मुख्य व्यापारिक क्षेत्रहरूमा पर्दछन् ।नेपाली व्यवसायहरूको मेरुदण्डको रूपमा काम गर्दै, उन्नत र कार्यकुशल (इफिसियन्ट)लजिस्टिक्स सुविधालाई ग्राहकनजिक पुर्‍याउने प्रतिबद्धतालाई पूर्णता दिँदै सुरु गरिएको नव उद्घाटित लजिस्टिक्स सेन्टर तथा वेयरहाउस अत्याधुनिक पूर्वाधारले भरिपूर्ण रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend