images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • कालिमाटीमा बढ्यो हरियो तरकारीको...

कालिमाटीमा बढ्यो हरियो तरकारीको मूल्य, कति पुग्यो ?

कालिमाटीमा बढ्यो हरियो तरकारीको मूल्य, कति पुग्यो ?

images
images
अर्थ समाचार
आइतवार, आषाढ २३ २०८१
अर्थ समाचार
आइतवार, आषाढ २३ २०८१
  • काठमाडाैं- कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ब्रोकाउली र पार्सलेको मूल्य बढेको छ ।  कालिमाटीमा यसदिन ब्रोकाउली प्रतिकिलो  २७५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने ११३ रुपियाँ थियो । यो किलोमा १६२ रुपियाँले महँगो भएको हो । 

    images
    images

    त्यसैगरी, हिजो २९० रुपियाँ रहेको पार्सले किलोमा ३६ रुपियाँले बढेर आज ३२६ रुपियाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

    साथै, यसदिन ठूलो गोलभेंडा ९५, लोकल गोलभेंडा ५५, घिउसिमी ९राजमा० १४०,  परवर ४०,  घिरौंला ७५, कन्य च्याउ १६३, डल्ले च्याउ २८६, कुरिलो २२६ र तामाको भाउ प्रतिकिलो ९५ रुपियाँ रहेको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend