images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • ज्योति विकास बैंकको १७औं वार्षिकोत्सव समारोह...

ज्योति विकास बैंकको १७औं वार्षिकोत्सव समारोह सम्पन्न

ज्योति विकास बैंकको १७औं वार्षिकोत्सव समारोह सम्पन्न

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १७औं वार्षिकोत्सव सम्पन्न गरेको छ। वि.सं. २०६५ सालको श्रावण ०९ गते स्थापना भएको ज्योति विकास बैंकले मिति २०८२ सालको श्रावण ०९ गते, शुक्रबार, गौरवमय १७  वर्षको सफल यात्रा पुरा गरि १८औं वर्षमा प्रवेश गरेको छ।प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, भूतपूर्व अध्यक्ष, भूतपूर्व सञ्चालकहरु र कर्मचारीवर्गको उपस्थिति रहेको थियो । बैंकका अध्यक्ष हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरि औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरे।  

    images
    images

    बैंकले वार्षिकोत्सवको दिन एआई च्याटबट “ज्योति” सार्वजनिक गरेको छ, जसले सरल इन्टरफेस र भाषिक विकल्पमार्फत ग्राहकहरुलाई बैंकिङ्ग जानकारीमा सहज पहुँच र तुरुन्तै जानकारी प्राप्त गर्ने सुविधा प्रदान गर्नेछ। यसले बैंकको डिजिटल ग्राहक सेवा थप सशक्त बनाउने विश्वास लिइएको छ। त्यस्तै, बैंकले अन्तरबैंक टेलर क्यूअर सेवा सुरू गरेको छ। यस सेवामार्फत खाता नभएका व्यक्तिहरुले पनि आफ्नो बैंकको मोबाइल बैंकिङ्ग एप वा खल्ति वालेट प्रयोग गरी ज्योति विकास बैंकका शाखाबाट सहज रूपमा नगद झिक्न सक्नेछन्, जुन सेवा विशेषगरी एटीएम वा सम्बन्धित शाखा पायक नपर्ने अवस्थाहरूमा निकै उपयोगी हुनेछ।

    वार्षिकोत्सवको अवसरमा, बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत विविध गौरवपूर्ण सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूको घोषणा तथा सम्झौता गरेको छ। तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीसँगको सहकार्यमा सप्तरीको कञ्चनरुपमा आँखा जाँच तथा मोतिविन्दुको निःशुल्क शल्यक्रिया सञ्चालन हुनेछ। राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा १० वटा ुन्यानो नानीु बेबी वार्मर उपकरण दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जडान गरिनेछ। यस्तै, ई(नेबल नेपालसँग मिलेर १७ जना शारीरिक तवरले फरक बालबालिकालाई थ्री डी प्रविधिबाट निर्मित कृत्रिम हात प्रदान गरिनेछ। साथै, हरियाली प्रवर्द्धनका लागि लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्यमा सातै प्रदेशमा १  हजार ७०० वृक्षारोपण गरिने घोषणा गरिएको छ।वार्षिकोत्सवको अवसरमा बैंकले ज्योतिस गट ट्यालेन्टको दोस्रो संस्करण आयोजना गर्दै कर्मचारी तथा उनीहरूका बालबालिकाको प्रतिभालाई प्रोत्साहन गरेको थियो। विविध सिर्जनात्मक तथा कलात्मक प्रस्तुतिमार्फत सम्पन्न प्रतियोगिताका उत्कृष्ट सहभागीहरूलाई बैंकका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

    images
    images

    सहभागी सबैलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो।यसै अवसरमा बैंकले आफ्नो कर्पाेरेट एन्थम पनि सार्वजनिक गरेको छ। बैंकको मूल उदेश्य, ध्येय र मान्यताको दर्पणको रुपमा सिर्जनात्मक र रचनात्मक ढङ्गले सम्पूर्ण सरोकारवालाहरुलाई सन्देश दिने हेतुले उक्त एन्थम सिर्जना गरिएको हो । उक्त एन्थमले बैंकको पहिचान, मूल्य मान्यता, ध्येय र दूर दृष्टिलाई संगीतमार्फत जीवन्त रूपमा प्रस्तुत गर्दै कर्मचारी, ग्राहक तथा साझेदारहरूसँगको सम्बन्धलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ।वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा करिब ५५  जना कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका छन्। साथै बैंकले वार्षिकोत्सवको अवसरमै निशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविर पनि आयोजना गरेको छ जसमा बैंकका कर्माचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बैंकको अभ्युदय र प्रगतिको लागि समर्पित अविछिन्न योगदान, अटुट विश्वास, र तिलस्मी सेवाको कदर स्वरूप विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका कर्मचारीहरूलाई सम्मानित गरिएको छ। 

    कार्यक्रममा अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य व्यक्त गर्दै, बैंकको १७ वर्षको सफल यात्रामा साथ दिने ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे। आगामी दिनहरूमा पनि यस्तै साथ र समर्थनको अपेक्षा गर्दै, उनले बैंक सामाजिक समृद्धि र कर्मचारी विकासमा निरन्तर क्रियाशील रहेको उल्लेख गरे। त्यसैगरी, समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरू, पूर्व अध्यक्षहरु, कर्मचारी, शेयरधनी र ग्राहक वर्गहरुलाई आभार व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत ढकालले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरे । 

    बैंकले गरेको सामाजिक उत्तरदायित्व सहकार्यबारे बोल्दै तिलगंगा इन्स्टिच्युट अफ अफथ्याल्मोलोजीकी कार्यकारी प्रमुख डा. रीता गुरुङले बैंकले कठिन समयदेखि साथ दिएको स्मरण गर्दै आभार व्यक्त गरिन र कञ्चनरुपका नागरिकलाई दृष्टिको उपहारले प्रदान गर्दै आत्मनिर्भर र सम्मानपूर्ण जीवन जिउनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन । साथै राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक संजय झाले ‘न्यानो नानी’ परियोजनामा निरन्तर साथ दिएकोमा ज्योति विकास बैंकलाई धन्यवाद दिंदै, नेपाली इन्जिनियरहरूले विकास गरेको जीवनरक्षक उपकरणलाई दूरदराजका क्षेत्रसम्म पुर्याउने यो प्रयासले नवजात शिशुहरूको जीवनरक्षा मात्र नभई, वैज्ञानिक समाधानमार्फत समाज परिवर्तन गर्न सकिने सम्भावनाको स्पष्ट उदाहरण भएको धारणा व्यक्त गरे। त्यसैगरी ई-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले ज्योति विकास बैंकसँगको सहकार्यलाई स्वागत गर्दै थ्रिडी प्रविधिबाट निर्मित कृत्रिम हातले बालबालिकाहरूको आत्मबल बढाउने र उनीहरूलाई स्वतन्त्र तथा सम्मानजनक जीवन यापनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे। लुम्बिनी वर्ल्ड पिस फोरमका अध्यक्ष बसु गौतमले सातै प्रदेशमा वृक्षारोपण गर्ने बैंकको निर्णयको प्रशंसा गर्दै, यो पहलले वातावरणीय सन्तुलन कायम गर्न मात्र होइन, भावी पुस्ताका लागि हरियो र स्वस्थ नेपाल निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

    संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्धता व्यक्त गरेको छ।  ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend