images

२०८३ आश्विन १९ गते

images
images
images

सर्लाही भन्सारको ५३ करोडमात्र राजस्व संकलन

सर्लाही भन्सारको ५३ करोडमात्र राजस्व संकलन

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • सर्लाही। सर्लाही भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ। कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९१.४३ प्रतिशत मात्रै राजस्व उठाउन सफल भएको छ।कार्यालयले ५८ करोड ७६ लाख ६३ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ५३ करोड ७३ लाख १७ हजार रूपैयाँमात्र राजस्व संकलन  गरेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए।

    images
    images

    यसअघि सो कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ७२.२५ प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ५२.९८ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो। अघिल्लो दुई आर्थिक वर्षको तुलनामा यसपटक राजस्व संकलन बढे पनि शतप्रतिशत लक्ष्य हासिल गर्न नसकिएको उनले बताए।बजेट वक्तव्यमा अग्रिम आयकर खारेज भएसँगै मलंगवा नाकाबाट अग्रिम आयकर लाग्ने वस्तुको आयात हुन छाडेपछि लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको प्रमुख भन्सार अधिकृत आचार्यले बताए। भारतसँगको खुला सीमाका कारण विभिन्न सरसामग्रीको तस्करी हुने भएकाले राजस्व संकलनमा समस्या हुँदै आएको बताइन्छ।

    सर्लाही भन्सार कार्यालयले मुख्यगरी भारतबाट निकासी हुने धान, आलु र प्याजबाट बढी मात्रामा राजस्व संकलन गर्ने गरेको प्रमुख भन्सार अधिकृत आचार्यले बताए। मलंगवा नाका भएर भारतबाट खाद्यान्नसहित सामग्री ठूलो परिमाणमा आयात हुने गरेको छ।नेपालबाट प्लाइ र अन्य केही सामग्री थोरै परिमाणमा भारततर्फ निर्यात हुने गरेको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend