images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • अनलाइन व्यापारको लागि १२ सय इकमर्सले...

अनलाइन व्यापारको लागि १२ सय इकमर्सले दिए निवेदन

अनलाइन व्यापारको लागि १२ सय इकमर्सले दिए निवेदन

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • अनलाइनबाट व्यापार गर्नको लागि १२ सय बढी विद्युतीय प्लेटफम (इकर्मस) हरू सूचीकरणको लागि निवेदन दिएका छन्।सरकारले इकर्मस ऐन २०८१ को व्यवस्था अनुसार साउन २ गतेसम्म विद्युतीय व्यापार पोर्टलमा अनिवार्य सूचीकृत हुन भनेको थियो। यसरी सूचीकृत नभएका इकर्मस गैरकानुनी हुने भएपछि अहिले निवेदन दिनेहरूको संख्या बढ्दो छ।

    images
    images

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालका अनुसार अहिले साढे १२ सय इकमर्सले सूचीकृरकण लागि निवेदन दिएका हुन्।विभागले हालसम्म ७५ वटा कम्पनीलाई सूचीकरण गरिसकेको छ। त्यस्तै साढे ४ सय इकमर्सलाई आवश्‍यक थप कागजात उपलब्ध गराउन भनिएको छ।अन्य इकर्मसको फाइल निवेदन उपर निर्णय लिन बाँकी रहेको विभागले जनाएको छ। विभागका महानिर्देशक दाहालले कर्मचारी संख्याको कारण पनि अहिले सबै निवेदन उपर निर्णय लिन नसकिएको बताए।

    ‘अब हामी इकर्मस निवेदन हेर्ने गरी ४र५ जनाको डेडिकेडेड टिम बनाएर काम गर्छौँ, सूचीकरणको लागि निवेदन दिनेहरूको संख्या बढ्दो छ’ दाहालले भने।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend