images

२०८३ आश्विन १७ गते

images
images
images

दोस्रो त्रैमासमा ह्युन्डाई मोटरको नाफा घट्यो

दोस्रो त्रैमासमा ह्युन्डाई मोटरको नाफा घट्यो

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • एजेन्सी । ह्युन्डाई मोटरले सन् २०२५ को दोस्रो त्रैमासमा नाफा घटेको जनाएको छ ।त्यसमाथि अमेरिकाको ट्रम्प प्रशासनले ह्युन्डाईको गाडी र पाटपुर्जामा भन्सार लगाउँदा चालु त्रैमासमा थप नकारात्मक असर पर्ने बताइएको छ ।ह्युन्डाईको कमाइमा आएको यो कमीले दक्षिण कोरियाली अधिकारीहरूलाई अमेरिकासँग सम्झौताका लागि थप दबाब दिएको छ । अझ, जापानले यसै साता अमेरिकासँग सम्झौता गरेर जापानी गाडीमा २५ प्रतिशतको साटो १५ प्रतिशत मात्र आयातकर लगाउन सफलता पाएपछि दक्षिण कोरियालीहरू दबाबमा परेका हुन् ।

    images
    images

    वार्षिक नाफा लक्ष्यमा आफू कायम रहेको ह्युन्डाईले जनाएको छ । तर, अगस्ट १ मा रेसिप्रोकल ट्यारिफ अवलम्बन भएपछि आफूले योजना अद्यावधिक गर्ने ह्युन्डाईको भनाइ छ ।ह्युन्डाई र उसको साझेदार किया बिक्रीको सवालमा संसारको तेस्रो सबभन्दा ठूलो अटो कम्पनी हो । उसले अप्रिलदेखि जुनसम्ममा २.६४ अर्ब डलर बराबरको नाफा कमाएको छ । तर पोहोर साल यही समयको कमाइभन्दा यो १६ प्रतिशतको कमी हो ।

    अमेरिकी भन्सारका कारण ह्युन्डाईले दोस्रो त्रैमासमा ६० करोड डलर घाटा बेहोर्नुपरेको र जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा त्यसको थप असर पर्ने ह्युन्डाईको भनाइ छ ।अमेरिकाले कोरियाली गाडीहरूमा २५ प्रतिशत भन्सार लगाइरहेको छ । सम्झौता गरेर त्यसमा केही कमी आउने भए पनि कतिसम्म घट्न सक्छ भन्न नसकिने ह्युन्डाईका प्रमुख वित्तीय अधिकृत ली स्युङ–जोले रोयटर्स समाचार संस्थालाई बताएका छन् ।ह्युन्डाई मोटरले अमेरिकी बजारबाट ४० प्रतिशत कमाइ गर्ने गरेको छ ।

    images
    images

    दक्षिण कोरिया र अमेरिकाका अधिकारीहरूले शुक्रवार वार्ता गर्ने भनेको भए पनि अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टको समय नमिल्दा वार्ता सरेको छ ।ह्युन्डाईले दोस्रो त्रैमासको नाफा विवरण सार्वजनिक गरेपछि उसको सेयर २ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend