images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • एशियन लाइफ इन्स्योरेन्सको ४२ % हकप्रद...

एशियन लाइफ इन्स्योरेन्सको ४२ % हकप्रद सेयरमा आवेदन दिने म्याद कहिलेसम्म ?

एशियन लाइफ इन्स्योरेन्सको ४२ % हकप्रद सेयरमा आवेदन दिने म्याद कहिलेसम्म ?

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले जारी गरेको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद साउन १३ गतेसम्म रहेको छ ।कम्पनीले असार २५ गतेदेखी ४२ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले जेठ १६ गते बुक क्लोज गरेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरुले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।कम्पनीले हालको चुक्ता पूँजीको १०:४.२ अनुपातमा हकप्रद सेयर ल्याएको हो। अर्थात, १० कित्ता सेयर भएकाले ४.२ कित्ता बराबर नयाँ हकप्रद सेयर खरिद गर्न सक्नेछन्।यस योजना अन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर निष्काशन गर्दैछ। यसबाट कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ जुटाउनेछ। 

    images
    images

    सेयरधनीहरुले मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत आवेदन दिन सक्नेछन्। त्यस्तै, मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा (चिप्लेढुङ्गा), नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखाबाट पनि आवेदन दिन सकिनेछ।साथै, एशियन लाइफ इन्स्योरेन्सको कार्यालय र ‘मेरो शेयर’ सफ्टवेयरमार्फत C-ASBA प्रणाली प्रयोग गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।  हकप्रद निष्काशनका लागि गरिएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई IRN A- (Single A Minus) Issuer Rating प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको जनाउँछ। हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि यो पूँजी बढेर ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend