भारतीय संविधान र अदालती प्रक्रियाबारे अनुभव लिन पटना पुगेको मनमोहन इन्स्टिच्युट अफ ल को टोली र पटनास्थित एमिटी विश्वविद्यालयबीच कानुन अध्ययन र अनुसन्धानमा सहकार्य गर्ने सहमति भएको छ।एमिटी विश्वविद्यालयका प्रोफेसर राजीव रञ्जन झाको टोलीले नेपाली टोलीलाई भव्य स्वागत गर्दै भारतीय संविधान, अदालतको प्रक्रिया र कार्यान्वयन अवस्थाबारे जानकारी दिएको थियो।
भ्रमणकै क्रममा छिट्टै औपचारिक सम्झौतामा हस्ताक्षर गरी सहकार्य अघि बढाउने सहमति भएको मनमोहन इन्स्टिच्युट अफ ल का प्रिन्सिपल कोषराज न्यौपानेले जानकारी दिए।टोलीले १ साउनदेखि एक हप्तासम्म ३७ जना विद्यार्थी र शिक्षकहरूको टोली पटना उच्च अदालतको प्रक्रिया र न्याय सम्पादनको अवस्था प्रत्यक्ष अवलोकन गरेको थियो।विद्यार्थीहरूले भ्रमण सिकाइमुखी रहेको भन्दै न्यायिक प्रक्रियाबारे नजिकबाट बुझ्न पाएको अनुभव सुनाएका छन्।
कोसी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक कलेज मनमोहन इन्स्टिच्युट अफ ल ले देशमै पहिलो पटक बिबिए एलएलबी र क्रिमिनल कानुनमा एलएलएम तहमा व्यवहारिक कक्षा र अध्ययन र अभ्यास केन्द्रित पठन पाठन गर्दै आएको छ।




.gif)





