images

२०८३ आश्विन १९ गते

images
images
images

प्लाइउडको निर्यात घट्दा भेनियरको बढ्यो

प्लाइउडको निर्यात घट्दा भेनियरको बढ्यो

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा प्लाइउडको निर्यात घटेको छ। भन्सार तथ्यांक अनुसार यो आर्थिक वर्षमा प्लाइउडको निर्यात ४.२६ प्रतिशतले घटेको हो।प्लाइउड काठबाट बनाइएको सामग्री हो जुन काठको पातलो पानाहरू जोडेर बनाइएको हुन्छ।आर्थिक वर्ष २०८०/८१ मा सात अर्ब ४१ करोड रूपैयाँ बराबरको प्लाइउड भारतमा निर्यात भएको थियो। तर आर्थिक वर्ष २०८१/८२ मा सात अर्ब नौ करोड रूपैयाँ बराबरको मात्रै निर्यात भएको छ।

    images
    images

    व्यवसायीहरूले यो आर्थिक वर्षमा कम्तिमा २० अर्ब रूपैयाँ बराबरको निर्यात पुर्‍याउने लक्ष्य राखेका थिए। तर, भारतीय गुणस्तर चिह्न (आइएस) नवीकरणमा लामो समय लगाएको कारण निर्यातमा अवरोध भएको थियो।अहिले पनि जम्मा नौ वटा उद्योगको आइएस नवीकरण भएको छ।नवीकरणको लागि र नयाँ लिनको लागि उद्योगहरूको सबै योग्यता पुग्ने भएपनि भारतले ढिलाइ गरेको प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेको भनाइ छ।

    प्लाइउडको निर्यात घटेपनि भेनियरको निर्यात भने उल्लेखनीय बढेको छ। भेनियर प्लाइउडको अर्ध तयारी कच्चापदार्थ हो। प्लाइउडको लागि प्रारम्भिक कच्चा पदार्थ गोलो पारिएको काठ (गोलिया काठ)हो भने अर्ध तयारी कच्चा पदार्थ भेनियर हो।गोलिया काठबाट निकालिएको १.५ एमएमको सिट (पाता)लाई भेनियर भनिन्छ। यसको प्रशोधनबाट उत्पादन हुने प्लाइउड न्यूनतम ५ एमएमको हुन्छ।गत आर्थिक वर्षमा दुई अर्ब ६ करोड रूपैयाँ बराबरको भेनियर निर्यात भएको छ। जबकी आर्थिक वर्ष २०८०/८१ मा ७१ करोड रूपैयाँको मात्रै निर्यात भएको थियो।

    images
    images

    व्यवसायीहरूका अनुसार कच्चा काठबाठ भेनियर बनाउने क्रममा १५ प्रतिशत बराबरको मूल्य अभिवृद्धि हुने गर्छ। तर भेनियरबाट प्लाइउड बनाउने क्रममा भने ७० देखि ७५ प्रतिशतसम्म मूल्य अभिवृद्धि हुने गर्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend