images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • इसेवा र जापानको यहेइ रेमिटबीच भुक्तानी...

इसेवा र जापानको यहेइ रेमिटबीच भुक्तानी सम्झौता सम्पन्न

इसेवा र जापानको यहेइ रेमिटबीच भुक्तानी सम्झौता सम्पन्न

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं । डिजिटल रेमिट्यान्स सेवा प्रदायक इसेवा मनि ट्रान्सफर र जापानस्थित यहेइ रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।उक्त सम्झौतामा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र यहेइ रेमिटका प्रबन्ध निर्देशक नविन निउरेले हस्ताक्षर गरे।

    images
    images

    यस  सहकार्यले रेमिट्यान्स सेवामा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको  छ। अब जापानमा बसोबास तथा रोजगारीमा रहेका नेपालीहरूले यहेइ रेमिटको मोबाइल एप प्रयोग गरी यहाँ इसेवा मनि ट्रान्सफरमार्फत सजिलै रेमिट्यान्स पठाउन सक्नेछन्।यहेइ रेमिटमार्फत जापानबाट पठाइएको रकम नेपालमा रहेका प्राप्तकर्ताहरूले ईसेवा मनि ट्रान्सफरको भुक्तानी केन्द्रहरूबाट प्राप्त गर्न सक्नेछन्। सम्झौताबारे प्रतिक्रिया दिँदै इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले यहेइ रेमिटसँग भएको रेमिट्यान्स भुक्तानी सम्झौताले जापानबाट नेपालमा रेमिट्यान्स पठाउन थप सहज भएको बताए। 

    ‘यो सहकार्यले हामी अत्यन्त उत्साहित छौं। यसले रेमिट्यान्स पठाउन अझै सुरक्षित र भरपर्दो हुने हाम्रो विश्वास छ।’इसेवा मनि ट्रान्सफरले परम्परागत र डिजिटल माध्यममार्फत इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रमार्फत देशभर  रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ। यहेइ रेमिट जापानको रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend